arrow

सभापति देउवाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यले प्रमाण थापे

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
PSD-deuba.jpg.jpeg
काठमाडौं । नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा देउवाले पदाधिकारीसहित नयाँ कार्यसमितिका लागि चयन भएका ६४ जनालाई प्रमाणपत्र वितरण गरेका हुन् ।
 
यसपछी देउवाले ६ जनालाई केन्द्रीय सदस्य मनोनयन गर्ने बताइएपनि यकिन भने भएको छैन । देउवाले आन्तिरिक व्यवस्थापन अघि अन्य गतिविधिमा नलाग्ने बताएका छन् । यसअघि सभापति देउवाले ६ महिनाभित्रै पार्टीका सबै भ्रातृ संगठनको अधिवेशन गराउने बताएका थिए । नेपाली कांग्रेस सरकारमा जाने चर्चा भइरहँदा देउवाले भने पार्टीको आन्तरिक काम सकिएपछि मात्रै सोच्ने बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ