arrow

भाजपाले घोषणापत्र जारी गर्दै, प्राथमिकता के छ ? 

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
narendra-modi-amit-shah.jpeg

काठमाडौं । भारतीय जनता पार्टी भाजपाले सोमबार आसन्न लोकसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ । 

सम्भवतः सोमबार नै जारी हुन लागेको घोषणापत्रमा काँग्रेस आईको न्याय योजनाको जवाफमा राष्ट्रवाद, किसान कल्याण तथा महिला सशक्तिकरणबाट दिने बुझिएको छ । 

पार्टी घोषणापत्रमा किसान सम्मान योजनाको विस्तार गर्दै किसान मासिक पेन्सन योजना–कृषक भविष्य निधि योजना सुरु गर्ने तयारीको घोषणा हुन सक्नेछ । 

यसमा राष्ट्रवादसंग जोडिएको पुरानो मुद्दामा पुरानो तथा कठोर नीति अपनाउने तयारी रहेको बुझिन्छ । 

यसका साथै घोषणापत्रमा शहीदका परिवारलाई सरकारी जागिर दिने वाचा गर्न सकिने बुझिन्छ । 

संकल्पपत्र कमिटिका एक सदस्यका अनुसार घोषणापत्रको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष अमित शाहलाई जिम्मेवारी दिइएको छ । 

गत शुक्रबार र शनिबार यस विषयमा गम्भीर छलफलसंगै माथापच्ची भएको छ । अन्तिम निर्णय भने अध्यक्ष शाहले नै गर्नेछन् । 

महिलालाई अगाडि ल्याउने बारे विशेष योजना बन्न लागेको बुझिएको छ । महिलालाई मन्त्रिपरिषदमा १५ प्रतिशत तथा विभिन्न आयोगमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको छ । 

उद्योग–व्यापार सुरु गर्न महिला तथा युवालाई विशेष कर छुट दिने योजना बनिरहेको छ । स्वरोजगार बन्न सुविधा दिने भाजपाको योजना छ ।

भाजपा नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदी भने अहिले धमाधम चुनावी र्यालीलाई संवोधन गरिरहेका छन् । उनी दोस्रो पटक प्रधानमन्त्री बन्नका लागि विपक्षीको भन्दा उत्कृष्ट घोषणापत्रमा जोड दिइरहेका छन् । (भारतीय संचारमाध्यमहरुको सहयोगमा)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ