arrow

भाजपाले बहुमत ल्याउने गरी मोदीले गरे भाषणः भन्छन् – राष्ट्रवाद हाम्रो प्रेरणा, सुशासन हाम्रो मन्त्र 

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
narendra-modi.jpg

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले राष्ट्रवाद आफ्नो प्रेरणा र सुशासन आफ्नो मन्त्र भएको बताएका छन् । पार्टीको घोषणापत्र सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा उनले गत पाँच बर्ष भाजपालाई सहयोग गरिदिएको भन्दै आम नागरिकलाई धन्यवाद पनि दिए ।     

पाँच बर्षको विजेपी सरकारको सफलता र अनुभवका आधारमा नयाँ घोषणापत्र बनाइएको उनले जानकारी दिए । प्रमुख प्रतिस्पर्धी भारतीय राष्ट्रिय काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको धेरैदिनपछि मोदीले नयाँ दिल्लीको दिनदयाल उपाध्याय मार्गमा रहेको पार्टी केन्द्रीय कार्यालयमा विषेश कार्यक्रम आयोजना गरी घोषणापत्र सार्वजनिक गरेका हुन् । 
     
उनले कार्यक्रममा भने, “राष्ट्रवाद हाम्रो प्रेरणा हो भने हाम्रा योजना कार्यान्वयन गरी सुशासन दिने हाम्रो मन्त्र हो ।” “हाम्रो समाज बहुसांस्कृतिक छ, यहाँ सवैलाई एउटै व्यवहारले हँदैन, त्यसैले हामीले अवस्था र आवश्यकता हेरेर फरक फरक खालका कार्यक्रमहरु लागु गर्नेछौँ,” उनको भनाई थियो ।     
     
उनले घोषणापत्रमा मुख्य समस्याहरुको समाधानका उपाय तथा योजनाहरु उल्लेख गरेको बताउँदै निर्धारित समयमै ती योजनाहरु कार्यान्वयन गरिने दावी पनि गरे । आफूहरु एक लक्ष्य एक दिशाका साथ हामी अगाडी बढेको प्रधानमन्त्री मोदीले जानकारी दिए ।     
     
सन् २०४७ मा भारत स्वतन्त्रता भएको एक सय बर्ष पूरा हुने स्मरण गर्दै उनले त्यसको अनुभूति सन् २०१९ देखि २०२४ सम्मको कार्यकालमा गराउने प्रतिबद्धता जनाए ।
     
घोषणापत्र सार्वजनिक कार्यक्रममा भाजपाका अध्यक्ष अमित शाह, संयुक्त मन्त्री सुष्मा स्वराज र अन्य बरिष्ठ नेताहरु सहभागी भएका थिए ।

चुनावी घोषणापत्रलाई भाजपाले ‘संकल्प पत्र’ भनेको छ । भारतमा यही अप्रिल ११ देखि मे १९ तारिखसम्म गरी सात चरणमा देशभरी लोकसभा निर्वाचन हुन लागेको छ ।     
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ