arrow

‘कांग्रेस हिजो पारिवारीक थियो र आज पनि हुन पर्दछ’

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
sashank-new-pic-n.jpg.jpeg
काठमाडौं । नवनिर्वाचित कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउने सबै कार्यकर्ताको साथ चाहिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पमाणपत्र वितरण कार्याक्रममा महामन्त्री कोइरालाले वीपीको मेलमिलापको नीतिलाई बचाइराख्न सबै एक ढिक्का हुने जरुरी रहेको बताए । उनले भने, ‘कांग्रेस हिजो पनि पारिवारीक थियो र आज पनि पारिवारीक रुपमा एकवद्ध हुनु पर्दछ ।’ तब मात्रै वीपीको सिद्धान्तमा हामी हिँड्न सक्दछौं । 
 
यस्तै, नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले मधेसको समस्या समाधान गर्न कांग्रेस नै अग्रसर हुने र अन्य पार्टीलाई  कांग्रेसले नै मनाउने धारणा राखिन् । मधेसको समस्या समाधान कांग्रेसकै पहलमा हुने उनको विश्वास छ । कोषाध्यक्ष यादवले शहीद परिवारलाई पार्टीभित्र आरक्षणको व्यवस्था हुनुपर्ने समेत बताइन् । 



नयाँ