arrow

राजस्व छली लैजाँदै गरेको १ सय ४० बोरा गुट्खा बरामद

logo
मुरली गोडिया,
प्रकाशित २०७५ चैत २६ मंगलबार
gutkha1.jpg

गुलरिया,बर्दिया । बर्दियामा प्रहरीले राजस्व छली गरी लैजाँदै गरेको अवस्थामा १  सय ४० बोरा गुट्खा बरामद गरेको छ । कैलाली जिल्ला लम्कीचुवा नगरपालिका १ निवासी २३ वर्षीय रमेश चौधरीले चलाएको भे १ च ३०६२ नम्बरको बलेरो पिकअप जीपमा लैजाँदै गरेको अवस्थामा बाँसगढी नगरपालिका वडा नम्बर ५ बाँसगढी बजारबाट ठूलो परिमाणमा अवैध राजस्व छलीको गुटखा बरामद गरिएको हो ।

अवैध गुटखा आउँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक बसन्त कुमार गौतमको कमाण्डमा रहेको टोलीले करिब १२ लाख मुल्य बराबरको १ सय ४० बोरा मेघाश्री गुटखा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।

बरामद गरिएको गुट्खा आवश्यक कारवाहीका लागि आन्तिरिक राजस्व कार्यालय कोहलपुरमा पठाएको प्रहरीले जनाएको छ । बलेरोका चालक चौधरीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको एसपी मैनालीले बताए ।

कैलाली जिल्लास्थित श्रीदेउती गुट्खा इण्डष्ट्रिजबाट लक्ष्मी टेड्रिङ कोहलपुरमा उक्त गुट्खा पठाउन लागेको विल प्राप्त भएको उनले जानकारी दिए । बरामद गरिएको मेघाश्रीको मुल्य अन्दाजी १२ लाख रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ