arrow

जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

logo
रासस,
प्रकाशित २०७५ चैत २६ मंगलबार
tatopani-border.jpg.jpeg

मेलम्ची। गोर्खा भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले आज स्थलगत निरीक्षण गरेको छ। उक्त नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसद लगायतको टोलीले उक्त  क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भईरहेको प्रगतिकाबारेमा जानकारी लिएका हुन्।

एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनका विषयमा कुरा भएको र सोहीअनुसार  निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए। नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र घनश्याम भट्टराई उक्त क्षेत्रमा पुगेका थिए। 

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र बाह्रबीसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए। टोलीले निर्माणाधीन सुक्खा बन्दरगाह, मितेरी पुल र एक दर्जनभन्दा बढी स्थानमा बिग्रेभत्केको सडकक्षेत्रको निरीक्षण गरेको थियो। 

सुक्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले जानकारी गराएको थियो। चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको सांसद सापकोटाले जानकारी दिए। “ अब नाका सञ्चालन हुने सुनिश्चित भयो, यसमा हामी खुशी छौ”, बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ