अमेरिकी आर्थिक वृद्धि २.३ प्रतिशत हुने : मुद्रा कोष
प्रकाशित २०७५ चैत २६ मंगलबार
564
Shares
अमेरिका। संयुक्त राज्य अमेरिकाका लागि सन् २०१९ का लागि यस पहिले अनुमान गरेको आर्थिक वृद्धिदर घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मङ्गलबार जानकारी गराएको छ। सन् २०१९ का लागि यस पहिले अनुमान गरिएको अमेरिकाको आर्थिक वृद्धि दरमा समेत शुन्य दशमलब दुई प्रतिशत कमी आई २.३ मा खुम्चिने देखिएको मुद्रा कोशको वल्र्ड इकोनोमिक आउटलुकले जनाएको हो। उक्त संस्थाले सन् २०१९ का लागि गत जनवरीमा गरेको प्रक्षेपणमा अमेरिकी आर्थिक वृद्धि २.५ प्रतिशत कायम रहने बताएको थियो।
अमेरिकी आर्थिक वृद्धिमा देखिएको कमीका वावजुद पनि अमेरिकी अर्थतन्त्र अझै अन्य मुलुकको अर्थतन्त्रको तुलनामा मजबुत नै रहने बताएको छ। आइएमएफले सन् २०२० मा अमेरिकी आर्थिक वृद्धिदर थप खुम्चिने र १.९ प्रतिशत कायम हुने जनाएको छ।
अमेरिकी आर्थिक वृद्धिदर कमी हुनुमा अमेरिका–चीन ब्यापार विवाद, ब्रेक्जिट, अमेरिकी संसद र राष्ट्रपतिबीचको असमझदारी प्रमुख कारक मानिएका विश्लेषकहरूले बताएका छन्।