arrow

बिस्फोटक ब्याट्सम्यान रशेललाई बाँधे पछि चेन्नई बिजयी

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
ipl-cricket.jpg

काठमाडौं। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सले कोलकाता नाईटराईडर्सलाई ७ विकेटले पराजित गर्दै आफ्नो जितको अभियान जारी राखेको छ। धोनीको टोली बिरुद्ध बिस्फोटक ब्यटस्म्यान आन्द्रे रशेलको पनि केही चलेन । उनको धमाकेदार ब्याटीङलाई चेननईका बलरहरुले अंकुश लगाएका थिए।

६ खेलमा पाँच खेल जितेको चेन्नई अणक तालिकामा पहिलो स्थानमा उक्लेको छ। पहिलो स्थानमा रेको कोलकाता ६ खेलमा ४ जितसँगै दोस्रो स्थानमा रहेको छ।

टस हरेर पहिले ब्यटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १ सय ८ रन बनाएको थियो। कोलकाताका आन्द्रे रशेलले ४४ बलमा ५० रन बानएका थिए।

४७ रन बानउँदा ६ विकेट गुमाईसकेको कोलकाताका लगि रशेलले सुझबुझ पुर्ण ब्यटीङ गर्दै सम्मानजनक स्कोर बनाउन सहयोग गरे। उक्त रन बानउँदा उनले ३ छक्का र २ चौका प्रहार गरेका थिए। कोलकाताका कप्तान दिनेश कार्तिकले १९ रनको योगदान दिएका थिए।

चेन्नईका दिपक चहरले ३ विकेट लिएका थिए। उनले ४ ओभरमा २० रन दिएका थिए। त्यसैगरि हरभजन सिंह र ईमरान ताहिरले २-२ विकेट लिएका थिए।

जवाफमा ब्याटिङ गर्न ओर्लिएको चेन्नईले लक्ष्य १७.२ ओभरमा ३ विकेटको नोक्सानीमा भेटेको थियो। चेन्नईका फाफ डुप्लेसीले ४० रन बनाएका थिए भने अम्बती रायडुले २१ रनको योगदान गरेका थिए। कोलकाताका सुनिल नाराईनले २ वेकट लिएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ