arrow

पूर्व सांसद दीवाकर गोल्छा भारतको चेन्नईमा निधन, कांग्रेसद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
diwakar-golcha-1.jpg

काठमाडौं। पूर्व सांसद तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उद्योगी दिवाकर गोल्छाको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको छ। उनी केही समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए। स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए। स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए। 

उनको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। साथै सभापति शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गरेका छन्। सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन्। उनको आत्माको चीर शान्तिको कामना गर्दै उनको शोक सन्तप्त परिवारजनप्रति  समवेदना प्रकट गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ