arrow

‘मेस्सीलाई रोक्नु चुनौतीपुर्ण हो, असंभव होईन’

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
barcelona-messi.jpg

एजेन्सी। च्याम्पिन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा ईङल्याण्डको म्यानचेस्टर युनाईटेड र स्पेनको बार्सिलोना आमने सामने हुँदैछन्। बार्सिलोना ला-लिगाको अंक तालिकामा पहिलो स्थानमा रहेको छ भने युनाईटेड छैठौं स्थानमा रहेको छ।

आफ्नो घरेलु लिग भन्दा भिन्नै हुने च्याम्पियनस् लिगको खेलहरुमा कुनै पनि टोली बिजयी हुनसक्ने संभावना हुन्छ । पछिल्लो प्रदर्शन हेर्दा बार्सिलोना बलियो देखिए पनि हरेक नयाँ दिन नयाँ खेलको अवधारणालाई मान्दा नतिजा जस्को पक्षमा पनि जान सक्ने देखिन्छ । युनाईटेडलाई आफ्नो घरेलु मैदान र समर्थकको फाईदा हुनेछ।

म्यानचेस्टरका लागि सबै भन्दा ठुलो बाधक अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी बन्ने पक्का छ । मेस्सीलाई रोक्न सकेमा युनाईटेडको जित संभव देखिन्छ । मेस्सी अअले फुटबल खेलिरहेका खेलाडीहरुमा अब्बलहरु मध्य एक हुन्। उनले यो सत्रमा मात्र लालिगामा ४३ गोल गरिसकेका छन्।

मेस्सी यस्ता खेलाडी हुन जो गोल गर्न मात्र होईन बल साथी खेलाडीलाई दिन पनि माहि मानिन्छन्। उनको सटिक पासहरुको संसार कायल छ। उनले दिने पासहरु र उनले छलाउने बलहरु हेर्दा लठ्ठ पार्ने खालका छन्। उनलाई गोल गर्न बाट मात्र रोकेर पुग्ने देखिंदैन। उनलाई बलबाट टाढा राख्नु युनाईटेडका रक्षापंक्तिका लागि प्रमुख चुनौती हुनेछ ।

युनाईटेडका म्यानेजर ओले सोल्ससारले भने ‘मेस्सी अहिले विश्वका सबैभन्दा राम्रा खेलाडी हुन्। उनलाई रोक्नु चुनौतीपुर्ण छ तर असंभव छैन। मेस्सी मात्र होईन बार्सिलोनमा स्वारेज, कोटिन्हो, भिडाल, राकिटिच लगायत थुप्रै राम्रा खेलाडीहरु छन्। हामीले ११ जना बिरुद्ध खेल्नु पर्छ।‘

ओले बार्सालाई रोक्ने केही रणनीति लिएर बसेका छन्। उनले ला-लिगाको बार्सिलोना र एथल्टिको मड्रिड बिरुद्धको केल मैदानमा गएर हेरेका थिए। सायद उनी बार्सिलोनाको खेल रणनीति बुझ्न गएका थिए। के उनको रननितिले बार्सिलोना र मेस्सी रोकिएलान ? खेलले बताउँनेछ।

मेस्सीले अलि पहिले च्याम्पियनस् लिग जित्ने आफ्नो चाहाना रहेको बताईसकेका छन्। गत सत्रमा रोमा बिरुद्ध ४-१ गोलले पराजित भएर बाहिरिएको बार्सिलोनालाई उक्त उपाधि दिलाउने मेस्सीको चाहाना प्रष्ट देखिन्छ।

युनाईटेड बिरुद्धको खेललाई बर्सिलोनाले पनि चुनौतिपुर्ण मानेको छ। स्पेनका पुर्व खेलाडी एवं बार्साका खेलाडी जेर्राड पिकेले भने ‘ पिएसजी बिरुद्धको खेल एउटा उदाहरण मात्र हो । युनाईटेड राम्रो र बलियो टोली हो।‘

युनाईटेडले राउण्ड अफ सिक्सटिनमा पिऐसजीलाई अवे गोलको आधारमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । राउण्ड अफ सिक्सटिनको पहिलो खेलमा २-० गोलले पछि परेको युनाईटेडले दोस्रो खेल ३-१ले जितेको थियो।

पिएसजी बिरुद्धको दोस्रोखेलले युनाईटेडका खेलाडीहरुमा उर्जा भरेको म्यानेजर ओलेको प्रतिकृया रहेको छ।

बार्सिलोनाका लागि पनि युनाईटेडको काउण्टरलाई रोक्नु सजिलो काम भने हुने छैन्। राशफोर्ड, मार्सियल, लिंगार्ड र लुकाकुको गतीलाइ रोक्न गाह्रो पर्नेछ । बार्सिलोनाको अग्रपंक्ति र युनाईटेडको अग्रपंक्तिलाई दाँज्ने हो भने गतीमा युनाईटेडको अग्रपंक्ति तेज देखिन्छ ।

तर बार्सिलोनाको अग्रपंक्तिमा स्वारेज, कोटिन्हो र मेस्सीलाई रोक्न युनाईटेडका रक्षापंक्तिलाई हम्मे पर्ने निश्चित छ । हुनत; फुटबल अनिश्चितताले भरिएको खेल हो र खेल नसकिएसम्म यस्तै हुन्छ भनेर भन्न सकिंदैन।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ