arrow

भारतका २० राज्यमा लोकसभा र ३ राज्यमा विधानसभाकालागि मतदान सुरु

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
lokshava-chunab.JPG

नयाँ दिल्ली। भारतमा लोकसभा चुनाव सुरु भएको छ । आजदेखि १ महिनासम्म चल्ने सो चुनावमा पहिलो दिन २० राज्यको विभिन्न ९१ सिटमा चुनाव हुँदैछ । पहलो चरणमा बिहीबार असम, बिहार, छत्तिसगढ, जम्मू एवं कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही ठाउँमा लोकसभा चुनाव हुँदैछ । 

आन्ध्र प्रदेशमा मतदाताहरु २५ लोकसभा तथा १७५ विधानसभा प्रतिनिधि चुन्नको लागि मतदान गर्दैछन् । त्यस्तै तेलंगानामा १७ लोकसभा सीटमा चुनाव हुँदैछ । यो प्रदेशमा पछिल्लो वर्षमात्रै विधानसभाको चुनाव भएको थियो । 

केन्द्रमा नयाँ सरकार बनाउनको लागि सात चरणमा लोकसभा चुनाव हुँदैछ । यसका साथ साथै पहिलो चरणमा आन्ध्र प्रदेश, सिक्किम, अरुणाञ्चल प्रदेशमा विधानसभा चुनावका लागि समेत मतदान हुँदैछ।

विहीबार विहानै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन् । पहिलो चरणको लोकसभा चुनावका लागि देशको १८ राज्यहरु र २ केन्द्र शासित प्रदेशहरुको ९१ सीटमा मतदानको प्रक्रिया शुरू भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ