arrow

लोकसभा पहिलो चरण : ४०१ जना करोडपति उम्मेदवार, सबैभन्दा धनीसँग सबैभन्दा गरिब भिड्दै

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
richist_Candidate.JPG

नयाँ दिल्ली । लोकसभा चुनावका लागि पहिलो चरणको मतदान बिहीबार चलिरहेको छ । पहिलो चरणको चुनावमा केही रोचक दृश्यहरु देखिने गरेका छन् । ती दृश्यहरु रोचक मात्रै छैनन् महत्वपूर्ण भाव बोकेका समेत छन् । हामीले उम्मेदवारहरु आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेको कुरा त उल्लेख गरिसकेका छौं । अब यो प्रस्तुतीमा हामी पहिलो चरणको लोकसभा चुनावमा धनी र गरिब उम्मेदवारको बारेमा उल्लेख गर्ने प्रयासमा छौं । यो हामीले विभिन्न भारतीय सञ्चार माध्यमहरुको सहयोगमा तयार पारेका हौं । पहिलो चरणको सबैभन्दा धनी उम्मेदवारसँग कूल ८९५ करोड रुपैयाँको सम्पत्ति रहेको उल्लेख गरिएको छ। यसमा कूल ४९ प्रतिशत (६१९) उम्मेदवार ग्रेजुएट छन् भने कूल ७ प्रतिशत (८९) महिला उम्मेदवार मैदानमा छन् । 

त्यही लोकसभा चुनावको पहिलो चरणमा तेलंगानाको चेवेल्ला लोकसभा सीटमा चुनाव लडिरहेका सबैभन्दा धनी उम्मेदवारका विरुद्ध सबैभन्दा गरिब उम्मेदवार मैदानमा उत्रिएका छन् । इलेक्शन वाच तथा एसोसिएशन फर डेमोक्रैटिक रिफर्म्स (एडीआर)को रिपोर्टका अनुसार यहाँबाट कांग्रेस उम्मेदवार कोडा विश्वेश्वर रेड्डीसँग ८९५ करोडको सम्पत्ति छ । त्यस्तै यही सीटबाट चुनाव लडिरहेका नल्ला प्रेम कुमारले आफूसँग सम्पत्तिको नाममा जम्मा ५ सय रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

पहिलो चरणमा ३२ प्रतिशत करोडपति 
एडीआरले पहिलो चरणमा चुनाव लडिरहेका १२७९ मध्ये १२६६ उम्मेदवारहरुको शपथपत्रको विश्लेषण गरेको छ । यसमध्ये २२५ राष्ट्रिय पार्टीहरुबाट, १२४ राज्य स्तरीय दलहरुबाट, ३६४ गैर मान्यता प्राप्त दलहरु र ५५३ निर्दलीय उम्मेदवार शामिल छन् । चुनाव लडिरहेका उम्मेदवार मध्ये ४०१ जना उम्मेदवार करोडपति रहेका छन् । एडीआरको रिपोर्ट अनुसार उम्मेदवारहरुको औसत सम्पत्ति ६ करोड ६३ लाख हुन आउँछ । 

२०१९को लोकसभा चुनावमा कूल खर्च ५० हजार करोडको (अनुमान) गरिएको छ । २०१४को लोकसभा चुनावमा ३० हजार करोड खर्च भएको थियो । पहिलो चरणमा वाईएसआर कांग्रेस पार्टीका उम्मेदवार प्रसाद वीरा पोतलुरी (विजयवाडा) ३४७ करोडभन्दा बढी सम्पत्तिका साथ दोस्रो स्थानमा छन् । 

सबैभन्दा गरिब उम्मेदवारको लिस्टमा दोस्रो नम्बरमा ओडिशाको कोरापुट सीटबाट सीपीआई (एमएल) रेड स्टारका उम्मेदवार राजेन्द्र केन्द्रुका छन् । जसको चल सम्पत्ति केवल ५६५ रुपैयाँ छ। अचल सम्पत्तिको नाममा उनीसामु केही पनि छैन ।  

५ करोडभन्दा बढी हुने उम्मेदवार १७७ जना  
एडीआरले उम्मीदवारको विश्लेषण गर्दै जाँदा पत्ता लाग्यो कि पहिलो चरणमा ५ करोड भन्दा धेरै सम्पत्ति वाला १७७ जना, २ करोड देखि ५ करोडसम्मको सम्पत्ति ९९ जनासँग र ५० लाख देखि २ करोडसम्मको सम्पत्ति २५४ जनासँग रहेको छ । कांग्रेसका ८३ मध्ये ६९जना, बीजेपीका ८३ मध्ये ६५ जना, बीएसपीका ३२ मध्ये १५ जना, टीडीपीका २५ मध्ये सबै, वाईएसआर कांग्रेसका २५ मध्ये २२ जना र टीआरएसका १७ जना उम्मेदवार करोडपति छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ