arrow

जब राजीव गान्धीले १८ बर्ष गरिदिए मतदाताको उमेर

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
rajiv-gandhi.jpg

काठमाडौं । भारत स्वतन्त्रपछि लोकतन्त्रलाई मजबुत बनाउन कयौ निर्णयहरु भएका छन् । भारतमा युवा मतदाताको संख्या बढाउने सबैभन्दा ठुलो निर्णय सन् १९८८ मा भएको हो । सो समय राजीव गान्धी प्रधानमन्त्री थिए  र भारतमा मतदान गर्न पाइने उमेर २१ बर्ष थियो ।

१५ डिसेम्बर १९८८ मा राजीव गान्धी सरकारले संसदमा संविधान संशोधन बिल पेश गर्‍यो  । ६१ औँ संसोधनको माध्यमबाट संविधानको धारा ३२६ परिवर्तन गरेर मतदाता उमेर २१ बर्षबाट १८ बर्ष बनाइयो ।

संशोधनपछि राजीव गान्धीले भनेका थिए, 'यो संशोधन देशका युवाहरु प्रति हाम्रो विश्वासको अभिव्यक्ति हो ।' सो संसोधनपछि १९९१ मा भएको आम निर्वाचनमा भोट प्रतिशत घटेको थियो ।

सन् १९८४ को चुनावमा ६४ प्रतिशत मतदान भएको थियो । जुन १९८९ मा ६२ प्रतिशत रह्यो भने १९९१-९२ मा घटेर ५६ प्रतिशत रह्यो । सन् २०१४ मा सुधार भएर ६६.४४ प्रतिशत पुग्यो ।     

तर यसबिच मतदाताको संख्यामा लगातार बृद्धि भएको देखिन्छ र १८ बर्षका मतदाता सुचीमा जोडिएसँगै यो संभव भएको हो । १९८९ को चुवानमा भारतमा ४९ करोड ८९ लाख ६ हजार १ सय २९ मतदाता थिए ।

जुन २०१४ को चुनावमा बढेर  ८३ करोड ४० लाख ८२ हजार ८ सय १४ मतदाता भए । साथै २०१९ को चुवानमा करिब ९० करोड मतदाता सुचीमा छन् ।

पछिल्‍लो २१ बर्षमा मतदाताको संख्या ४० करोड बढेको छ । उक्त मतदाताको उमेर घटाउने निर्णयबाटै भएको बताइन्छ ।साथै सबैभन्दा ठुलो लोकतन्त्र भएको देशमा युवाहरुको सहभागीता पनि बढि रहेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ