arrow

टिसिएल अब विश्वकै दोश्रो ठूलो ब्राण्ड 

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
tcl.jpg

काठमाडौं । टिसीएल विश्वकै दोश्रो ठूलो टिभिको ब्राण्ड बन्न सफल भएको छ । नयाँ आयाम र उत्पादनको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई आईएचएसबाट प्रमाणित भएको हो । उपभोक्ता माझ विश्व स्तरिय उत्पादनको रुपमा प्रख्यात रहेको टिसीएल ब्राण्डले नेपालमा २० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट र नन् स्मार्ट मोडलहरुमा उपलब्ध टिसीएलले  गुगल एन्ड्रोइड् टिभि पनि भित्राएको छ । टिसिएल ब्राण्डले आफ्ना टिभिहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान दिदै आएको छ ।

के हो स्मार्ट टिभि ?
स्मार्ट टिभि को उत्पादन ९० को दशकमा भएको पाईन्छ,तर स्मार्ट टिभि के हो यकिनन व्याख्या भने कसैले गरेको देखिदैन । टिभि मा इन्टरनेट को प्रयोग गर्न मिल्ने र विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको हो । जती जती नयाँ स्मार्ट टिभिहरु उत्पादन हुन्छन्,त्यती नै नयाँ टिभिका एप्लिकेशनहरु अपग्रेट भएर आएका हुन्छन् । त्यसैले टिभिको स्मार्ट फिचर्स पनि विभिन्न भर्सनमा आउने गर्दछ ।

टिसिएल स्मार्ट टिभिको विशेषता के छ ?
अन्तराष्ट्रिय मान्यता प्राप्त,विश्वको दोस्रोे ठूलो टिभि ब्राण्ड कम्पनी टिसिएल को आफ्नो ग्राहक माझ नयाँ नयाँ उत्पादनले आफ्नो ग्राहकको आकर्षक बढाएको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै आफ्ना स्मार्ट टिभिमा निम्न विषेशता ल्याएको छ।
१.एप्स स्टोरस् टिसिएलको आफ्नै एप्स स्टोर रहेको छ। जसमा विभिन्न एप्स तथा गेम डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ। 
२.वायेरलेस मिरोरिङ्ग र स्क्रिन मिरोरिङ्ग बाट स्मार्ट डिभाइसकोे स्क्रिलाई जस्ताको त्यस्तै डुप्लिकेट गरि टिभिको ठूलो स्क्रिनमा मा हेर्न सकिन्छ । 
३.सिधै वाइफाइ को प्रयोग गरी कुनै मोवाइल को सामाग्री ठूलो स्क्रिनमा हेर्न सकिन्छ ।  
४.टिभिमा ६ जीबीसम्म रहेको इन्टरनल मेमोरी सजिलै प्रयोग गर्न सकिन्छ । जसमा कुनै पनि सामाग्री संग्रह गरेर राख्न सकिन्छ । 

नेपालका लागि टिसिएलको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ