arrow

आइएमई जनरल इन्स्योरेन्सको विद्यार्थी लक्षित बीमा पोलिसी सार्वजनिक

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
ime.gif

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सले विद्यार्थी वर्गलाई लक्षित गरेर आइजिआई विद्यार्थी बीमा पोलिसी सार्वजनिक गरेको छ। कम्पनीका सञ्चालक प्रतापजंग पाण्डे र सिईओ युगेशभक्त श्रेष्ठले उक्त बीमा पोलिसीको समुद्घाटन गरेका हुन्। 

कम्पनीले १ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीहरुलाई बीमा सुरक्षा प्रदान गर्ने उदेश्यले ल्याएको बताएको छ। उक्त पोलिसीले अभिभावकलाई समेत सुरक्षा दिने कम्पनीले जनाएको छ । विद्यार्थीलाई २४सै घण्टा सुरक्षा दिने भएकोले दुर्घटनाबाट पर्न जाने आर्थिक भारबाट अभिभावक र विद्यालय मुक्त हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विमीत विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १० लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर पाँच लाख बीमांक कायम गरिएको छ।

कम्पनीका अनुसार स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन लाख तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत पाँच लाख रुपैयाँको जोखिम वहन गर्नेछ। अंगभंग भएमा विमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत  एक लाख रुपैयाँसम्म तथा आमा वा बाबुको हकमा अढाई लाख रुपैयाँसम्म जोखिम बहन गर्ने कम्पनीले बताएको छ।

कम्पनीका अनुसार अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम १० हजार रुपैयाँ नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ। कम्पनीले दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ