arrow

प्रकाशमानको दवावलाई शेर बहादुरले टेरपुच्छर लाएनन

सिटौला र थापालाई मनोनित गर्ने नदिने प्रयास असफल

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
image.jpeg.jpeg
काठमाडौं। पदाधिकारीमा उमेद्वार भएका पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्न नदिन निवर्तमान पार्टी महामन्त्री प्रकाशमानसिंहको प्रयास असफल भएको छ। बुधवार देउवा समेत सहभागि भएको एक औपचारीक कार्यक्रममा सिंहले पदाधिकारीमा उमेद्वार भएका पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित नगर्न घुमाउरो शैलीमा दवाव दिएका थिए।  
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सिंहले १३औँ महाधिवेशनमा पदाधिकारीमा पराजित अनुहारलाई मनोनीत गर्दा पार्टीमा नराम्रो परम्पराको थालनी हुनेभन्दै मनोनित नगर्न दवाव दिएका थिए। काठमाडौं कांग्रेसले केन्द्रीय कार्यसमितिमा निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरूको स्वागतमा भएको कार्यक्रममा सम्बोधन गर्दै सिंहले भनेका थिए ' पदाधिकारीमा पराजित भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा राम्रो हुदैन।' सिंहले पराजितहरू धेरैलाई नियुक्ति गर्दा त्यसले पार्टीभित्र गुटउपगुट धेरै भइ काम गर्न समत्स्यायसला हुने भन्दै आफूसँगैका महामन्त्री भएका सिटौलालाई केन्द्रीय समितिमा ल्याउने देउवाको प्रयासलाई खुल्ला रुपमा असन्तोष मात्र जनाएनन् त्यसलाई सकेसम्म नगर्ने प्रयासमा लागे ।
 
नवनिर्वाचित सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा पदाधिकारीमा उमेद्वार भएका नेताहरूलाई मनोनीत गर्ने कुरा आएको थियो। पदाधिकारीहरुमा सिंहसँगै महामन्त्री भएका कृष्ण प्रसाद सिटौला महामन्त्रीका उमेद्वार अर्जुनरसिंह केसी र महामन्त्रीकै अर्का उमेद्वार तथा काठमाडौं ४ का सांसद गगन थापालाई केन्द्रीय समितिमा मनोनयन गर्ने कुरामा सिंहले आपत्ति जनाएको बुझिएको छ। उद्यपी कार्यक्रममा भने उनले नामै नलिइकन तिनै नेताहरुको विरोध जनाएका थिए। सिंह सिटौलालाई आफ्ना प्रतिष्पर्धी देख्छन भने थापालाई काठमाडौंको राजनीतिमा प्रतिष्पर्धी देख्ने गरेको बताइन्छ।  
 
सिंहले विरोध जनाएपनि कार्यक्रममा सहभागी देउवाले त्यो सुनिरहेपनि त्यसको बारेमा खासै ध्यान भने दिएनन। उनले विहान सिंहको कुरा त सुने तर साँझ पार्टी कार्यालयमा सिंह समेत भएको कार्यक्रममा सात जना नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्ने घोषणा गरे। ति सात जनामा सिंहले विरोध गरेका सिटौला केसी थापा लगायत अरु ४ नेताहरु पनि छन्। उनीहरुमा काँग्रेस नेता रामचन्द्र पौडेल, नरहरी आचार्य, चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका छन्। 
 
देउवाले ७ जनालाई मनोनित गर्ने घोषणा गर्दा पार्टी कार्यालयमा खुसीको माहोल थियो। तर सिंह भने आफ्ना कुरा सभापति देउवाले लत्याएको भन्दै खिन्न थिए। देउवा निकट एक नेता भन्दै थिए, 'सिंहको कुरा देउवा दाईले एक कानले सुनेर अर्को कानले उडाइदिनुभयो।' 
 
१३औं महाधिवेशनलाई पार्टीको एकताको महाधिवेशन वनाएको भन्ने अनि मनोनित नगर्न दवाव दिने प्रवृती पार्टी एकिकरणको लागि उपयुक्त नठानेर नै सभापति देउवाले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्ने वित्तिकै सो घोषणा गरेको देउवा निकट ति नेताको भनाई छ। 



नयाँ