arrow

शान्त हुन सकेन भारतको चुनाव, कतै झडप कतै होहल्ला, २ जनाको ज्यान गयो 

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
loksabha11.jpg

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको लागि बिहीबार भएको मतदानको दौरानमा केही स्थानमा छिटपुट हिंसा भएको छ । जसमा परि दुई जना मानिसको ज्यान समेत गएको छ। त्यस्तै कतिपय ठाउँमा ईवीएममा गडबडी भएको आरोप समेत लागेपछि चुनाव शान्तिपूर्ण हुन सकेन । आन्ध्र प्रदेशमा झडप र महाराष्ट्रमा आईईडी ब्लास्टमा २ जनाको ज्यान गएको छ । कैयौं ठाउँमा  तमाम भोटरहरुले मतदाता सूचीमा आफ्नो नाम नभएको भन्दै होहल्ला गरेका छन् । 

लोकसभा चुनावको ७ चरण मध्ये पहिलो चरणमा बिहीबार ९१ लोकसभा सीटमा भोटिङ भएको थियो । आन्ध्र प्रदेश, महाराष्ट्र र छत्तीसगढका केही स्थानहरुमा हिंसाको घटनाहरु भएका थिए । त्यहिँ टीडीपीका चन्द्रबाबू नायडू र अरविन्द केजरीवाल र पीडीपीका महबूबा मुफ्ती लगायत तमाम दलका नेताहरुले प्रशासनिक केन्द्रमा गुनासो गरेका छन् । 

आन्ध्र प्रदेशमा बिहीबार बिहान २५ लोकसभा सीट र विधानसभाको सबै १७५ सीटमा भोटिङ्ग भयो। यहाँ अनन्तपुरम जिल्लाको तडीपत्री विधानसभा क्षेत्रको एक गाउँमा टीडीपी र वाईएसआर कांग्रेसका कार्यकर्ताहरुबीच भएको हिंस्रक झडपमा दुबै दलका एक-एक कार्यकर्ताहरुको मृत्यु भएको छ । 

आफ्ना पार्टी कार्यकर्ताको हत्याको निन्दा गर्दै टीडीपी चीफ नायडूले वाईएसआर कांग्रेसमाथि चुनाव जित्नको लागि हिंसाको साहारा लिएको आरोप लगाए । अर्को तर्फ वाईएसआर कांग्रेसले नायडूको आरोपको खण्डन गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ