arrow

इमरानको मोदी मोह : भारतमा को प्रधानमन्त्री चाहन्छ पाकिस्तान ?

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
modi-imrans.jpg

काठमाडौं । भारतको लोकसभा चुनाव २०१९ को पहिलो चरणको निर्वाचनको अघिल्लो दिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एउटा अचम्मको सन्देश जारी गरे । चुनावको मुखमा उनले भारतमा मोदीको पुनरागमनको कामना मात्रै गरेनन् । मोदीको पुनरागमनले पाकिस्तान र भारतबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण उपलब्धी हाँसिल हुने प्रतिक्रिया समेत दिए । 

कुनैपनि चुनावको अघि एउटा पार्टी र अमूक व्यक्तिको लागि छिमेकी मुलुकले दिएको त्यस्तो प्रतिक्रिया सो पार्टीको लागि एक किसिमको फाईदाजनक हनु पर्ने हो । तर, भारत र पाकिस्तानकोबीचमा भने यो यथार्थ लागू हुँदैन । एकले अर्काे देशलाई दुस्मन भनेर टिप्पणी गर्न रुचाउने दुई देशमध्ये एउटा देशको प्रधानमन्त्रीले त्यस्तो शुभेक्षा राखेपछि प्रधानमन्त्री मोदीलाई भने विपक्षीहरुले तालाबाला बनाईरहेका छन् ।

इमरान खानले दिएको अभिव्यक्तिपछि भारतमा दुई किसिमको बहसहरु चल्ने गरेको छ । एउटा पाकिस्तानी प्रधानमन्त्री खानले हृदयदेखि नै मोदीको पुनरागमन चाहेको र पाकिस्तानको बढ्दो संकट समाधानको लागि पाकिस्तानले आफ्नो छिमेकीसँग सम्बन्ध राख्नै पर्ने भएकोले पनि त्यसैको लागि इमरानले यस्तो अपेक्षा राखेको भन्ने मत एकाथरी छ । उनले आफ्नो सन्देशमा लेखेको यदि काँग्रेस सत्तामा आयो भने कुनैपनि निर्णय गर्न डराउने गर्दछ । तर, भाजपा त्यस्तो नडराउने पार्टी भएकोले उसैको पुनरागमन आवश्यक रहेको इमरानको अभिव्यक्तिलाई विश्लेषण गरेका छन् । 

तर, अर्को पक्षले भने यो मोदीलाई हराउने खेलो रहेको समेत बताउने गरेका छन् । इमरानले त्यो अभिव्यक्ति आफूले नदिएको भन्दै पश्चिमाहरुले इमरानलाई परिचालित गरेको भन्ने तर्क पनि सुन्ने गरिएको छ । विश्लेषकहरुले मोदी सरकारले पाकिस्तानमाथि यति धेरै आक्रमण गरिरहँदा पनि पाकिस्तानले भारतमा मोदीलाई नै नचाहने भन्दै मोदी हराउने अभियानमा इमरान लागेको भन्ने टिप्पणी पनि आउने गरेको छ । 

समग्रमा भन्ने हो भने इमरान खानले दिएको यो अभिव्यक्तिले मोदीलाई भने अफ्टेरो पर्ने देखिएको छ । चुनावको अघिल्लो दिनमात्रै यस्तो अभिव्यक्ति दिएकोले यो नियोजित हो भन्नेमा धेरै जानकार छन् । यदि त्यस्तो सदासयता देखाउने हो भने यस अघि पनि उनले यस्ता अभिव्यक्ति दिनसक्दथे भन्ने तर्क पनि एकाथरी विश्लेषकको छ । 

के पश्चिमा राज्यहरु मोदी हराउन चाहन्छन् ?
पश्चिमा राज्यहरु मोदी र काँग्रेस भन्दा पनि भारतमा बहुमतको सरकार नबनोस् भन्ने पक्षमा रहेको देखिन्छ । यदि अब पनि भारतमा एकल पार्टीको बहुमत आयो भने पश्चिमा राज्यहरुले एशियामाथि आफ्नो प्रभाव जमाउन नसक्ने भारतीय विश्लेषकहरुको विश्वास छ । उनीहरुले शक्तिराष्ट्रको गतिमा चलिरहेका चीन र भारतहरु एक अर्काले आपसमा गर्ने हरेक सहमतिहरु पश्चिमा मुलुकको लागि टाउकोेदुखाईको विषय हुने गरेको छ । त्यसैले भारतमा एकल पार्टीको बहुमत आउन सकेन भने एक र अर्का पार्टीलाई उचालेर चीनसँगको हरेक सम्झौतामा बाधा उत्पन्न गराउन सकिने चाहाना पश्चिमा मुलुकहरुको छ ।

त्यसको लागि अहिले मोदीले एयर स्ट्राईक, एन्टी स्याटेलाईट मिसाईल लन्च जस्ता गतिविधिहरुबाट भारतमा मोदीको आकर्षण बढीरहेकोले उनको लोकप्रियता कम गराएर भारतमा अल्पमतको सरकार बनाउनुपर्ने अवस्था सिर्जना गर्न पश्चिमा मुलुकहरु चाहन्छन् । ती मुलुकहरुका गतिविधिहरुले पनि यस्तै देखाउने गरेको छ । 

संयुक्तराज्य अमेरिकाले नेपाली मिति अनुसार गत फाल्गुन १२ गते भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गर्यो। चुनावको मुखमा अमेरिकाले गरेको यो कटौतीले चुनावमा समेत असर पार्ने भएकोले भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट पनि पारिहाल्यो। संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ। भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली ९जीएसपी० अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान मात्र निकासी हुने गरेको छ।

त्यस्तै, भारतको लोकसभा चुनावको पहिलो चरणको चुनावको अघिल्लो दिन पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीकै पुनरावृत्ति भएमा भारत र पाकिस्तानको सम्बन्ध थप सुमधुर हुने बताए । उनले राखेको शुभेक्षा प्रधानमन्त्री मोदीको लागि भने भारतमा अहिले गलपासो बनेको छ र राजनीतिका धुरन्धर खेलाडि खानले देखाएको सदासयताको तात्पर्य पनि पश्चिमाहरुकै डिजाईन अनुसार हो भन्ने विश्लेषण समेत हुने गरेको छ । 

१९६५ को भारत पाकिस्तान युद्धपछि पहिलो पटक २०१६ सालमा भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गर्यो । त्यो काम भारतको लागि कम चुनौतिपूर्ण थिएन । आफैंमा सर्जिकल स्ट्राइक भारतको गैरकानूनी काम थियो । विश्वको लागि त्यो गैरकानूनी भएपनि भारतको लागि भने त्यो एउटा साहसिक काम थियो । चुनावको ४ महिना पहिले भारतले पाकिस्तान विरुद्ध नै एयर स्ट्राइक गर्यो । त्यो पनि पाकिस्तानको लागि टाउको दुखाइकै विषय थियो । गत महिना मात्रै भारतले अन्तरिक्षमा चौथो शक्ति राष्ट्र बन्दै एन्टी स्याटेलाईट मिसाइलको सफल परिक्षण गर्यो । यसले पनि पाकिस्तानलाई नै केही सुरक्षा थ्रेट बढाएको छ । यति हुँदा हुँदै पनि पाकिस्तानी प्रधानमन्त्री खानले चुनावको अघिल्लो दिन दिएको अभिब्यक्ति पश्चिमा मुलुकहरुको बोली रहेको भारतीय विश्लेषकहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ