arrow

विश्वकप छनौटमा नेपालको सुखद सुरुवात

सिंगापुर बिरुद्ध २ सय १७ रनले बिजयी

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौं। नेपालले एसियन १९ बर्ष मुनीको विश्वकप छनौटमा सिंगापुरलाई पराजित गर्दै आफ्नो बिजयी सुरुवात गरेको छ। नेपाल २ सय १७ रनले बिजयी भएको छ।

यु-१९ विश्वकपको छनौटका लागि नेपालले सुखद सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए। पाँच रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए।

त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए। कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए। सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए।

जवाफमा ब्याटीङ गर्न ओर्लेको सिंगापुर ६५ रनमा समेटिएको थियो। ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए। त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २-२ विकेट हात पारेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ