arrow

शाहरुखले बेचे आफ्ना २२ सुपरहिट चलचित्रको 'स्याटेलाईट राइट्स'

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
Shahrukh-KhanS.jpg

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानले आफ्ना २२ सुपरहिट चलचित्रको स्याटेलाईट राइट्स बेचेका छन् ।शाहरुखले  एक टेलिभिजनलाई आफ्नो २२ हिट चलचित्रको स्याटेलाईट राइट्स बेचेका हुन् ।

यी चलचित्रमा ‘स्वदेश', ‘ओम शान्ति ओम', ‘दिलवाले', ‘फिर भी दिल हे हिन्दुस्तानी', ‘चेन्नई एक्सप्रेस', ‘ह्याप्पी न्यू ईयर', ‘डियर जिन्दगी' जस्ता रहेका छन् ।

शाहरुखको लोकप्रियताको कारण आज पनि चलचित्रको स्याटेलाईट राइट्स किन्ने होड जारी छ । शाहरुखको २२ चलचित्रको  स्याटेलाईट राइट्सको डील करोडौ रुपैयाँमा भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड चलचित्रममा भएको यो डिल सबैभन्दा ठुलो धनराशीको हो । तर डील कतिमा भएको हो सो खुलाइएको छैन ।

टेलिभिजन कम्पनीले डीलमा चलचित्रको लागि महंगो रकम दिएको छ । सो डीलको एक  हिस्सा शाहरुखले पनि पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ