arrow

अक्षयदेखि आलियासम्म यी कलाकारलाई छैन मतदानको अधिकार

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
akshaya-aliya.jpg

काठमाडौं । भारतमा १७ औँ लोकसभाको लागि चुनाव शुरू भएको छ । चुनाव सात चरणमा हुनेछ । ११ अप्रिल देखि सुरुभएको चुवान १८ मे सम्म चल्नेछ । २३ मे मा चुनावको नतीजा घोषिणा गरिनेछ । केहि बलिउड स्टार्सको मतादाता सूचीमा नाम छैन ।

बलिउड अभिनेता अक्षय कुमारसँग क्यानाडाको नागरिकता र पासपोर्ट रहेको छ । अक्षयले क्यानाडाको नागरिकता सम्मानको रुपमा पाएका हुन् । उनलाई क्यानाडाको "यूनिभर्सिटी अफ विन्डसर" बाट अनरेरी डक्टरेट ला को डिग्री दिइएको छ।  त्यसपछि उनलाई क्यानाडाको समानार्थ नागरिकता पनि दिइयो । यसकारण अक्षय कुमारको नाम भारतको मतादाताको सूचीमा छैन ।

लोकसभा चुनावको मतादाता सूचीमा अभिनेत्री कट्रिना कैफको नाम छैन । उनिसँग  ब्रिटिश नागरिकता रहेको छ । जसकारण भारतमा उनको मताधिकार छैन ।

श्रीलंकाई ब्यूटी र अभिनेत्री जैकलीन फर्नांडिसको जन्म मनामा (बहरीन) मा भएको हो । उनिसँग  श्रीलंकाको नागरिकता छ । उनका बुवा एलरय फर्नांडिस एक श्रीलंकन तमिलियन हुन् र उनको आमा किम मलेशिया हुन् ।

बलिउडमा फिल्म 'रकस्टार' बाट चर्चा पाएकी अभिनेत्री नरगिस फाखरी पनि भारतमा भोट हाल्न पाउदिनन् । उनको जन्म न्यूयोर्कमा भएको हो । उनिसँग अमेरिकी पास पोर्ट र नागरिकता छ ।

आलिया भट्टसँग पनि भारतको नागरिकता छैन । उनको आमा सोनी राजदान बर्मिंघमकी हुन् । उनीसँग  ब्रिटिश नागरिकता छ। यही कारण आलियासँग पनि ब्रिटिश पासपोर्ट र नागरिकता छ।

सूचीमा  अभिनेता इमरान खानको पनि नाम रहेको छ । उनि अमेरिकाको विस्कन्सिनको शहर मेडिसनमा जन्मिएका थिए । तर आमा बुवाको सम्बन्धबिच्छेदपछि उनि क्यालिफोर्निया गए । यही उनले पढाइ पुरा गरे । उनिसँग अमेरिकी नागरिकता र पासपोर्ट छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ