arrow

सगरमाथा चढ्न महर्जन चीनको ल्हासा प्रस्थान

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
maharjan1.jpg

काठमाडौं ।  शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारा सहित पत्रकार तथा महिला सगरमाथा आरोही कल्पना महर्जन विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न चीनको ल्हासा प्रस्थान गरेकी छन् ।

ललितपुर उद्योग बाणिज्य संघद्वारा आयोजित विशेष समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले खादा ओढाएर महर्जनलाई सफल आरोहणको शुभकामना दिए।

एक अर्को समारोहको आयोजना गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्प गुच्छा सहित खादा ओढाएर सफल आरोहणका लागि शुभकमना दिए ।
 
पर्वतारोहण व्यवस्थापन कम्पनीका निर्देशक रविन्द्र महर्जनले कल्पना महर्जनले शिखर आरोहणका लागि यस पटक गरिरहनु भएको तयारी, व्यवस्थापन र योजना बारे विस्तृत जानकारी दिएका थिए ।

ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङमय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउने योजना रहेको छ ।

कल्पनाले गर्ने सफल शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, युनइटेड सिमेन्ट,मैजान तेल, ललितपुर उद्योग बाणिज्य संघ, श्री दक्षिण बाराही इटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेसन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयरलगायतका संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ ।

आरोही महर्जनले सन् २०१८ को मे २३ तारिखका दिन नेपाल तर्फको दक्षिण मोहोडाबाट  सगरमाथा शिखरको सफल आरोहण गरेकी थिइन । महर्जनको यो आरोहण सफल भए उनी सगरमाथाको दुवै मोहोडाबाट शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमान स्थापित हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ