arrow

रंगशाला बनाउने पैसा जुटाउन शनिबार कलाकार र राष्ट्रिय टीमबीच क्रिकेट खेल हुँदै

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
gautambuddha.jpg

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग संकलन गर्ने उद्देश्यले शनिबार एकदिने मातृभूमि क्लव क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । शनिबार विहान १० बजेदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा खेल हुन लागेको फाउण्डेनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।  

यसअघि धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’आयोजना गर्ने घोषणा गरेकोमा प्राविधिक कारणले सो दिन कार्यक्रम गर्न सकेको थिएन । चर्चित हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको फाउन्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग जुटाउन यस्तो खेल आयोजना गरेको कट्टेलले जानकारी दिए । 

प्रतियोगितामा दुई टिम कलाकारको र दुईटिम राष्ट्रिय खेलाडीहरुबीच हुने भएको छ । सो प्रतियोगितामा धुर्मुस आफैं पनि क्रिकेट खेल्दैछन् ।  क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् ।

टिकटको व्यवस्था गरिएको सो प्रतियोगितामा विक्रि भएको टिकटको पैसा रंगशाला निर्माणमा खर्च गरिने धुर्मुसले जनाएका छन् । फाउन्डेशनले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ