arrow

मेयर गोल्डकप चैनपुर नगरपालिकालाई 

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
football11.jpg

सङ्खुवासभा । चैनपुर रङ्गशालामा आज भएको प्रदेश नं १ स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि चैनपुर नगरपालिकाले जितेको छ । चैनपुर नगरपालिकाले  उदयपुरको कटारी नगरपालिकालाई ३–० गोलले हराएको हो ।

फाइनल खेलमा चैनपुरका लागि फ्रेन्चेस डोइले १८औँ मिनेटमा गोल गरेका थिए । एकतीस मिनेटपछि वर्तमान राईले अर्को गोल गरे । खेल सकिन तीन मिनेट बाँकी छँदा चैनपुरका लागि विलसन लिम्बूले तेस्रो गोल गरे । उक्त खेलमा मोरङको उर्लावारी नगरपालिका र इलामको सूर्यदयन नगरपालिका क्रमशः तेस्रो र चौथो भए । 

प्रतियोगिताको विजेतालाई रु पाँच लाख ५५ हजार ५५५, द्वितीय हुने टोलीलाई रु तीन लाख ३३ हजार ३३३, तृतीय तथा चौथो टोलीलाई रु एक लाख ११ हजार १११ सहित पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १० हजार तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित खेलाडीलाई पाँच हजार पुरस्कार प्रदान गरिएको मूल आयोजक समितिका सदस्य सचिव टङ्क रोक्काले जानकारी दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ