arrow

भारतीय वित्तमन्त्री जेट्लीको आरोप : 'राहुल गान्धीले एमए पास नगरी एमफिल गरे'

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
jetli.jpg

काठमाडौं । मोदी सरकारका केन्द्रीय मन्त्री स्मृति ईरानीको डिग्रीलाई कांग्रेसद्वारा मुद्दा बनाएपछि वित्त मन्त्री अरुण जेटलीले कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि निशाना साधेका छन् । जेटलीले शनिवार फेसबुक ब्लगमा लेखेका छन् कि राहुल गान्धीको पढाईमाथि सवाल उठाएका छन् । उनले सोधे कि 'कांग्रेस अध्यक्षले मास्टर डिग्री ९एमए० को पढाइ नगरी एमफिलको डिग्री कसरी पूरा गरे ।' 

राहुल गान्धीको सर्टिफिकेटलाई लिएर सोशल मिडियामा बहस चल्ने गरेको छ । राहुल गान्धीले २००४ र २००९ मा बताएका थिए कि उनले ट्रिनिटी कलेजबाट डेवलपमेन्ट इकोनोमिक्समा एमफिल गरेका छन् । जबकी उनले २०१४ मा एमफिल डेवलपमेन्ट स्टडीजमा गरेका थिए । कोही यो पनि बताउँदै आएका छन् कि एमफिलमा राहुल गान्धीले एक विषयमा पास हुन लायक नम्बर पनि पाएका थिएनन् । जेटलीले आफ्नो ताजा ब्लगमा यही विषयलाई लिएर राहुल गान्धीमाथि आरोप लगाएका हुन् । 

इण्डियाज ओपोजिशन इज अन अ रेन्ट ए कज क्याम्पियन हेडिङ्गका साथ अरुण जेटलीले लेखेका छन् कि- 'आज बीजेपीका उम्मेदवार (स्मृति ईरानी) को शैक्षणिक योग्यतामाथि कुराकानी गरिरहेको छ । तर यस दौरान राहुल गान्धीको शैक्षणिक योग्यतालाई भुलाइदिएको छ । राहुल गान्धीको शैक्षणिक योग्यतालाई लिएर कैयौं सवाल उठाइएको थियो जसको सवाल अहिलेसम्म पनि मिल्न सकेको छैन। राहुलले बिना मास्टर डिग्रीका एमफिलको पढाई पूरा गरेको आरोप समेत उनले लगाएका छन् । यसबारेमा आज कुनै कुराकानी समेत हुने गरेको छैन। जबकि राहुल गान्धीले केही महिना पहिले स्वयंले स्वीकार गरेका छन् ।' 

स्मृति ईरानीले अमेठीबाट नामाङ्कनको समयमा यस्तो सवाल उठेको थियो । उसमा उनको शैक्षणिक योग्यतामाथि फेरि पनि सवाल उठाइएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ