arrow

चीनको आर्थिक मद्दतले गहिरियो भेनेजुयलाको संकट 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ३० शनिबार
nicolas-maduro-president-venezula.jpg

काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले चीनले गरेको आर्थिक सहयोगको कारण भेनेजुयलाको संकट गहिरिएको बताएका छन् । चीनले निकोलास मदुरोको सरकारलाई उपलब्ध गराएको सहयोग समस्याको कारक रहेको बताएका हुन् । 

चिली भ्रमणको क्रममा पोम्पेओले यस्तो बताएका हुन् । भेनेजुयलामा देखिएको महँगी, खाद्य पदार्थ र औषधिको कमी तथा अनेक कठिनाइको कारण करीब ३० लाख मानिस मुलुक छाड्न बाध्य भएका थिए । 

पोम्पिओले शुक्रवार मादुरोको सरकारलाई चीनबाट मिलेको आर्थिक सहयोगले भेनेजुयला संकटतर्फ अघि बढिरहेको बताएका हुन् । 

'भेनेजुयलामा चीनले ६० अर्ब अमेरिकी डलर लगानी गरेको छ। यसका लागि उसले कुनै शर्त पनि राखेको छैन। चीन भेनेजुयलामा अफ्नो आर्थिक सहयोगको माध्यमबाट लोकतन्त्र जोखिममा पार्ने खेलमा लागेको छ' पोम्पेओले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ