arrow

जनताले जम्मा गरेको २२ अर्ब सिध्याएर सरकारद्वारा देखावटी सामाजिक सुरक्षा योजना जारी !

कोषको पैसा जम्माकर्ताको हितमा खर्चहुने नदेखिएको महालेखाको भनाई 

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
mahalekha_parichhak123.JPG

काठमाडौं । सरकारले धुमधामका साथ सुरु गरेको सामाजिक सुरक्षा योजना सुरु हुनु पूर्व नै कोषको सबै पैसा खर्च भईसकेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको आफ्नो वार्षिक प्रतिवेदनमा सरकारले पहिले नै सामाजिक सुरक्षाको कर सञ्चित कोषमा राखेर खर्च गरेको उल्लेख गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २६९२०९ङ० मा सामाजिक सुरक्षा करबापत हालसम्म सङ्कलित र भविष्यमा सङ्कलन हुने रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था रहेको छ । नेपाल सरकारले २०६७।६८ देखि सामाजिक सुरक्षा कर सङ्कलन गरेको र हालसम्म पारिश्रमिक भुक्तानीमा १ प्रतिशत कट्टी गर्दै आएको सामाजिक सुरक्षा करको रकम रु।२२ अर्ब २ करोड ६४ लाख पुगेको पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

उक्त कर रकम सामाजिक सुरक्षा कोषमा जम्मा नगरीकन सञ्चितकोषमा जम्मा भएको र विनियोजन ऐनबमोजिम खर्च भइसकेको महालेखाले जनाएको छ । यसबाट ऐनमा भएको व्यवस्था कार्यान्वयन नभएको र यस वर्षसमेत सामाजिक सुरक्षा करको रकम राजस्वमा जम्मा भइरहेकोले सो ऐनको दफा कार्यान्वयन हुने स्थिति नरहेको कमजोरी महालेखाले औल्याएको छ । तसर्थ ऐन नियमको व्यवस्था कार्यान्वयन वा संशोधन हुनुपर्नेमा महालेखाले जोड दिएको छ । 

उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारी मजदुरको हक हितका कार्यक्रम सञ्चालन गर्न कोष गठन भएकोमा सो उद्देश्यअनुरुप रकम परिचालन हुन नसकी विगतदेखि मौज्दात रहँदै आएको रु.१६ अर्ब ३९ करोड ४० लाख यस वर्ष सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरेको छ । 

कोषबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम कर्मचारीको हक हित बाहेक शेयर, डिभेन्चरमा लगानी गर्ने, सरकारी सेवाका कर्मचारीलाई पनि ऋण दिने, भवन बनाई बहालमा लगाउने तथा ऐनको दफा ३२(१)(ग), (ङ), (छ), (ट)) बमोजिम समग्र सहभागी प्रतिष्ठानका कर्मचारीको सामाजिक सुरक्षाका विभिन्न कार्यमा खर्च हुने व्यवस्था भएकोमा राष्ट्रियस्तरको कल्याणकारी कोषमा योगदान गरेको रकमबाट उद्देश्यअनुरुप सम्बन्धित जम्माकर्ता वा प्रतिष्ठानका कर्मचारीहरुको हक हित र सुविधाका मात्र कार्यक्रम सञ्चालन हुने अवस्था नरहेको समेत महालेखाले उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ