arrow

बैंगलोरको रोकियो हारको कीर्तिमान

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
banglore-punjab.jpg

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले भारतमा जारी १२ औं संस्करणको आईपीएल टी–२० क्रिकेटमा हारको कीर्तिमानी यात्रालाई रोकेको छ ।

लगातार ६ खेल हारेर अहिलेसम्मको आईपीएलमा सुरुआती खेलहरुमा हारेको कीर्तिमान बनाएको बैंगलोरले शनिबार राति पहिलो जित निकालेको हो ।

किङ्स इलाभेन पन्जाबलाई ८ विकेटले हराउँदै बैंगलोरले सात खेलमा पहिलो जित निकालेको हो । चन्द्रीगढस्थित पन्जाब क्रिकेट मैदानमा पन्जाबले दिएको १७४ रनको लक्ष्य बैंगलोरले १९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

बैंगलोरलाई जिताउने क्रममा कप्तान विराट कोहली र एबी डी भिलियर्सले हाफ सेन्चुरी पुरा गरे । कोहलीले ६७ तथा भिलियर्सले नटआउट ५९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको नोक्सानीमा १७३ रन बनाएको थियो ।

क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दै ६४ बलमा ९९ रन बनाए । जितसंगै बैंगलोरले ७ खेलमा २ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ ।

पन्जाब ८ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस् ७ खेलबाट १२ बाट शिर्ष स्थानमा छ ।

कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र पन्जाबको ८–८ अंक छ । सनराइजर्स हैदराबादको ६ अंक छ । राजस्थान रोयल्सको ४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ