arrow

पोग्बाले बचाए म्यान्चेस्टर युनाइटेडलाई, यस्तो छ अन्य खेलको नतिजा 

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
manu2.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन दुवै गोल पाउल पोग्बाले गरे । पोग्बाले दुवै गोल पेनाल्टीमा गरेका हुन् ।

वेष्ट ह्यामका फिलिपे एण्डरसनले एक गोल फर्काए ।

Pogba puts his penalty into the inside side netting giving Lukasz Fabianski no chance in saving the spot kick

शनिबार रातिको अन्य खेलका नतिजा
टोटनह्याम हट्पसर ४–० हडर्सफिल्ड टाउन (लुकास मौरा २ गोल)
ब्राइटन एण्ड हब आल्बियन ०–५ एएफसी बर्नमाउथ 
बर्नले २–० कार्डिफ सिटी
फुल्हम २–० एभर्टन
साउथह्याम्पटन ३–१ वुल्भरह्याम्पटन

अंकतालिका
लिभरपुल ३३ खेलबाट ८२ अंकसहित पहिलो
म्यान्चेस्टर सिटी ३२ खेलबाट ८० अंकसहित दोस्रो
टोटनह्याम ३३ खेलबाट ६७ अंकसहित तेस्रो
चेल्सी ३३ खेलबाट ६६ अंकसहित चौथो
म्यान्चेस्टर युनाइटेड ३३ खेलबाट ६४ अंकसहित पाँचौं 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ