arrow

आईपीएलमा कोहलीलाई झण्डै २० लाख जरीवाना

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
ipl-virat.jpg

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली माथि १२ लाख भारतीय रुपैयाँ (१९ लाख २० हजार रुपैयाँ) जरीवाना लगाइएको छ ।  ईण्डियन प्रिमियर लिग (आईपीएल) को १२ औँ संस्करणमा किंग्स इलेभन  पञ्जावविरुद्धको खेलमा स्लो ओभर-रेटका कारण रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली माथि उक्त जरीवाना लगाइएको हो ।

‘उनको टीमले आईपीएलको आचार संहिता विपरित पहोलो पटक स्लो ओभर-रेटको नियम उल्लंघन गरेको छ, यसकारण कोहली माथि १२ लाख रुपैयाँको जरीवाना लगाइएको हो ’आईपीएलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आईपीएलको यस सीजनमा स्लो ओभर-रेटका कारण जरीवाना लगाएका कोहली तेस्रो कप्तान हुन् । यसअघि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा र राजस्थान रोयल्सका कप्तान अजिन्क्या रहाणे माथि पनि स्लो ओभर-रेटको नियम उल्लंघन गरेको कारण १२-१२ लाख रुपैयाँको जरीवाना लगाइएको थियो ।

बेंग्लोरले शनिवार राति मोहालीमा किंग्स इलेभन पञ्जावलाई ८ विकेटले हरायो । बेंग्लोरले लगातार ६ खेल हारेपछि पहिलो जीत हासिल गरेको हो । आईपीएलका अनुसार , विराट यदि अब हुने खेलमा ओभर-रेट जारी राखे उनिमाथि एक खेल प्रतिबन्ध लगाउनाका साथै जरीवाना पनि बढ्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ