arrow

हिमालबाट ४५ करोड बढी रोयल्टी सङ्कलन

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
mountaineers.jpeg

काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट रु ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ ।
    
सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१ आरोही समूहका ३३९ आरोही छन् ।

 ल्होत्सेमा सात समूहका ६६, मकालुमा चार समूहका ५३, अमादब्लममा चार समूहका ४१, कञ्चनजङ्घामा चार समूहका ३२, अन्नपूर्णमा तीन आरोही समूहका २३ आरोही छन् ।
    
अघिल्लो वर्ष सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए ।

 अनुकूल मौसमले यो वर्ष आरोहण उत्साहजनक हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । वैशाखको तेस्रो सातासम्म आरोही आउने भएकाले यो वर्ष आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ