arrow

सन्दीप लामिछाने आवद्ध दिल्ली दोस्रो स्थानमा, हरायो हैदरावादलााई 

किन खेल्न पाएनन् सन्दीपले

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
delhi-capitals1.jpg

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्स भारतमा भइरहेको आईपीएल टी–२० क्रिकेटको दोस्रो स्थानमा पुग्न सफल भएको छ । 

आइतबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्लीले दोस्रो स्थानमा फड्को मारेको हो ।

हैदरावादको मैदानमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा अलआउट हुँदै ११६ रनमा रोकियो ।

डेभिड वार्नरले ५१ तथा जोनी बियर्स्ट्रोले ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

दिल्लीका कागिसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए । हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।

खेल्न पाएनन् सन्दीप लामिछानेले
दिल्लीबाट सन्दीपले खेल्न पाएका छैनन् । सुरुवाती दुई खेलमा समेत खेल्न नपाएका सन्दीपले त्यसपछि लगातार चार खेल खेले । 

सन्दीपले चौथो खेलमा ४६ रन दिएपछि दिल्लीले महंगो सावित भएपछि टिममा नराखेको हो । दिल्लीले त्यसपछिका दुई खेलमा सन्दीपलाई टिममा नराखेको हो । 

सन्दीपले अहिलेसम्म दिल्लीले खेलेका ८ खेलमा ४ खेल मात्र खेल्न पाएका छन् । उनले ५ विकेट लिइसकेका छन् । 

सन्दीपले अबका खेलमा टिममा वापसी गर्ने सम्भावना कम रहेको आँकलन गर्न थालिएको छ । दिल्लीमा एकसे एक खेलाडी रहेकाले पनि सन्दीपलाई विश्राम दिइएको हुन सक्ने बुझिएको छ । 

अंकतालिका लेखाजोखा 
डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस ८ खेलबाट १४ अंकसहित शिर्ष स्थानमा छ । चेन्नाईले आइतबारको खेलमा शाहरुख खानको कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हरायो । 

दोस्रो स्थानको दिल्लीको ८ खेलमा ५ जितसहित १० अंक छ । तेस्रो स्थानको कोलकाता, चौथो स्थानको मुम्बई इन्डियन्स र पाँचौं स्थानको किंगस ११ पञ्जाबको ८–८ अंक छ । 

छैटौं स्थानको हैदरावादको ६ अंक छ । सातौं स्थानको राजस्थान रोयल्सको ४ र पुछारको रोयल च्यालेन्जर्स बैंगलोरको २ अंक छ । 

सोमबारको खेल
सोमबार एउटा मात्र खेल हुँदैछ । राति ८ः१५ मा मुम्बई इन्डियन्सले घरेलु मैदानमा बैंगलोरसंग खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ