विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम घोषणा, स्मिथ र वार्नरको पुनरागमन
प्रकाशित २०७६ वैशाख २ सोमबार
814
Shares
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको १५ सदस्यीय टोली घोषित भएको छ । इंगल्याण्ड र वेल्समा मे ३० बाट हुने विश्वकपका लागि पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर पनि परेका छन् ।
क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको विश्वकप खेल्ने टोलीको सूचीमा स्मिथ र वार्नर परेका हुन् । ‘बल टेम्परिङ’ को आरोपमा प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । तर, प्रतिबन्ध फुकुवा भएसंगै स्मिथ र वार्नरले अष्ट्रेलियन टोलीमा बनाउन सफल भएका छन् ।
एक वर्षअघि दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।
हाल उनीहरु आइपिएलमा खेलिरहेका छन् । वार्नर सनराइजर्स हैदराबादबाट र स्मिथ राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।