arrow

मोदीलाई कालो बक्सको भय, आखिर के हो त्यो ?

कांग्रेस आईले गर्यो जाँचको माग, पैसा थियो कि अरु केही ?

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
modi-7591.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट शंकास्पद कालो बक्स निकालिएको छ । यसलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेस आईले जाँचको माग गरेको छ । 

काँग्रेसले कर्नाटकको चित्रदुर्गमा चुनावी सभाको दौरान हेलिकोप्टरबाट उक्त बक्स उतारेको बताएको छ । 

चित्रदुर्गको र्यालीको दौरान उक्त बक्स लगिएको काँग्रेस प्रवक्ता आनन्द शर्माले बताएका छन् । 

मोदीले चैत २९ गते (१२ अप्रिल) मा चित्रदुर्गमा सम्वोधन गरेका थिए । काँग्रेसले चुनाव आयोगले यसको जाँच गर्नुपर्ने माग गरेको छ । 

Congress seeks probe into 'suspicious black trunk' in PM's chopper

यसको उजुरी काँग्रेसले आयोगसमक्ष गरिसकेको छ । प्रधानमन्त्री मोदीको हेलिकोप्टरलाई अन्य तीन हेलिकोप्टरले एस्कर्ट गरेका थिए । 

हेलिकोप्टर ल्यान्डिङपछि एक कालो बक्स होलिकोप्टरबाट उतारेर निजी कारबाट लगिएको थियो । 

बक्समा मोटो रकम भएको हुन सक्ने आरोप काँग्रेसको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ