arrow

यू–१९ विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपालको सनसनीपूर्ण बलिङ, ९३ रनको झिनो लक्ष्य

पवन र कुशललाई ३–३ विकेट, कमललाई २ विकेट भागमा

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
u-19-nepal1.jpg

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले अहिले घरेलु टोली मलेसियासंग खेलिरहेको छ । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा विजयका लागि नेपालले ९३ रनको लक्ष्य पाएको छ । 

यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुँदै ९२ रन बनायो । लिज्जत डानियल फिकरीले सर्वाधिक ३७ रन बनाए । नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए । खेलका सुरुवाती दुवै विकेट कमल सिंह ऐरीले लिएका थिए । 

सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा तुलनात्मक कमजोर टोली मलेसियासंग खेलिरहेको हो ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाल घरेलु टोलीविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।

छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । नेपाललाई छनोटको आशा जिवित राख्न यो खेल जित्नैपर्नेछ । शीर्ष स्थानको एक टिमले मात्र विश्वकपमा ठाउँ बनाउने छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ