arrow

भारतमा मायावतीको पार्टी सबैभन्दा धनी, आक्रामक खर्चले भाजपा पुग्यो पाँचौं स्थानमा

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
Political-Parties-in-India-1.jpg

काठमाडौं । बैंक ब्यालेन्सको मामलामा मायावतीको बहुजन समाज पार्टी (बीएसपी) बाँकी सबै राष्ट्रिय र क्षेत्रीय पार्टीहरु मध्ये सबैभन्दा धनी देखिएको छ । यो जानकारी एक आधिकारिक रेकर्डमा उल्लेख भएको पाईएको हो । बीएसपीको तर्फबाट २५ फेब्रुअरीमा चुनाव आयोगलाई दिएको जानकारीका अनुसार एनसीआरको सरकारी बैंकहरुमा रहेको ८ खातामा यसको ६६९ करोड डिपोजिट रहेको छ। 

२०१४ को लोकसभा चुनावमा आफ्नो खाता पनि नखोलेको बीएसपीसँग त्यतिबेला जम्मा ९५ लाख ५४ हजार रुपैयाँ नगद रहेको थियो । उता, सोही पार्टीको गठबन्धन सहयोगी समाजवादी पार्टी यस मामलामा दोस्रो स्थानमा रहेको छ । सो पार्टीसामु विभिन्न बैंक खाताहरुमा ४७१ करोड रुपैयाँ रहेको छ। पार्टीको नगद बचत मध्य प्रदेश, छत्तिसगढ, राजस्थान र तेलंगानामा भएको विधानसभा चुनावको समयमा ११ करोड घटेको थियो । 

कांग्रेस यस सूचीमा तेस्रो स्थानमा रहेको छ । जुन पार्टीसँग १९६ करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको छ। यो जानकारी पछिल्लो साल २ नोभेम्बरमा चुनाव आयोगलाई दिएको जानकारीमा आधारित हो । पार्टीले मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा जीत हाँसिल गरेपछि आफ्नो ब्यालेन्सको विवरण अपडेट गरेको छैन । 

बीजेपी यस सूचीमा क्षेत्रीय पार्टीहरु भन्दा पछि रहेको छ । चौथो स्थानमा टीडीपी रहेको छ भने बीजेपी पाँचौ स्थानमा रहेको छ । बीजेपीसँग जम्मा ८२ करोड रुपैयाँ रहेको छ ।  जबकि टीडीपीसँग १०७ करोड रहेको छ । बीजेपीका अनुसार २०१७ देखि १८ मा कमाएको १०२७ करोड रुपैयाँ मध्ये ७५८ करोड खर्च गरिसकेको छ । यो कुनैपनि पार्टीद्वारा एक वर्षमा गरेको खर्चको तुलनामा सबैभन्दा धेरै हो । 

पार्टीहरुको ८७ प्रतिशत आय योगदानमा आधारित  
एसपीको बचत विधानसभा चुनाव पछि नोभेम्बर(डिसेम्बरको समयमा ११ करोड घटेको छ । यसको विपरित हालिया विधानसभा चुनावको समयमा बीएसपीले २४ करोड रुपैयाँ जुटाएको थियो । यसको बैंक ब्यालेन्समा इजाफा भएको छ । एडीआरद्वारा राजनीतिक पार्टीको आयकर रिटर्नमा गरिएको विश्लेषण अनुसार बीजेपीले २०१६ देखि १७ र २०१७ देखि १८ मा योगदानमार्फत् सबैभन्दा धेरै कमाएका थिए । जुन समयमा उनले क्रमशस् १०३४ र १०२७ करोड रुपैयाँ जुटाएका थिए । यही दौरानमा बीएसपीले १७४ करोड र ५२ करोड जुटाएका थिए । कांग्रेसले २०१६ देखि १७ मा २२५ करोड रुपैयाँको कमाईको घोषणा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ