arrow

'चौकीदार चोर हो' अभिव्यक्तिका कारण राहुल गान्धीलाई सर्वोच्च अदालतको नोटिस 

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
rahul-gandhi.jpg

काठमाडौं । भारतको सुप्रिम कोर्टद्वारा राफेल डिलमाथि पुनर्विचार गर्न दायर  मुद्दामा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीको नाममा नोटिस जारी गरेको छ । राफेलको मुद्दापछि गान्धीले गत महिना मात्रै 'चौकीदार चोर हो' भन्ने अभिव्यक्ति दिएका थिए । अदालतले राहुल गान्धीलाई नोटिस जारी गर्दै २२ अप्रिलसम्म जवाफ दिन भनेको छ । राहुल गान्धीमाथि सुप्रीम कोर्टको बयानलाई गलत रुपमा पेश गरेको आरोप छ । 

बीजेपी नेता मीनाक्षी लेखीले राहुल विरुद्ध आपराधिक मानहानी सम्बन्धी दफालाई टेकेर मुद्दा दायर गरेकी थिइन् । चिफ जस्टिस रञ्जन गोगोईको नेतृत्वमा बसेको बेन्चले भनेको छ कि कोर्टले प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध कुनैपनि टिप्पणी गरेको छैन।

शीर्ष अदालतले सरकारको आपत्तिलाई मध्यनजर राख्दै राफेल मामलमा रिव्यू पिटिशनमाथि नयाँ दस्तावेजको आधारमा सुनवाईको फैसला गरेको थियो । सीजेआई रंजन गोगोईको अध्यक्षतामा बसेको ३ सदस्यीय बेन्चले एक मतबाट दिएको फैसलामा भनिएको छ कि जुन नयाँ दस्तावेज डोमेनमा आएको छ । सो आधारमा मामलाबारे पिटिशनमाथि सुनवाई हुनेछ । यसपछि राहुलले भनेका थिए कि अब सुप्रीम कोर्टले पनि मानिसक्यो कि चौकीदार चोर हो। 

"सुप्रीम कोर्टले स्पष्ट गरिदिएको छ कि चौकीदार जीले चोरी गराएका हुन् । सुप्रीम कोर्टले राफेल मामलामा कुनै न कुनै भ्रष्टाचार भएको ठहर गरेको छ ।" राहुलले त्यतिबेला भनेका थिए। 

केन्द्रले लीक दस्तावेजको आधारमा सुनवाईको गरेको थियो विरोध
केन्द्र सरकारले सुप्रीम कोर्टमा लीक दस्तावेजहरुको आधारमा रिव्यू पिटिशनमाथि सुनवाईको विरोध गरेको थियो । यो दस्तावेज प्रिविलेज्ड (विशेषाधिकार वाला गोपनीय) दस्तावेज हो । यस कारण रिव्यू पिटिशन खारिज गर्नु पर्ने तर्क केन्द्र सरकारको थियो । सुप्रीम कोर्टमा सुनवाईको दौरान जस्टिस के. एम. जोसेफले भनेका थिए कि आरटीआई ऐक्ट २००५ मा आएको छ कि यो एक क्रान्तिकारी कदम थियो । यसमा हामी पछि हट्न सक्दैनौं । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ