arrow

दिल्लीबाट काठमाडौं उड्नै लाग्दा नेवानीको जहाँजमा बम रहेको हल्ला, जहाज रोकियो

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
Nepal-Airlines.jpg.jpeg
काठमाडौं । भारतको राजधानी दिल्लीबाट काठमाडौंका लागि उड्न लागेका नेपाल एयरलाइन्सको जहाजमा बम रहेको हल्ला भएपछि भारतीय उड्यन अधिकारीले जहाँज रोकेर चेकजाँच गर्न लगाएका छन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि ‘पुसब्याक’ गरिरहेको अवस्थामा प्लेनमा बम रहेको हल्ला भएपछि उड्डयन अधिरकारीहरुले यात्रुलाई ओरालेर जाँच गरेका हुन् ।
 
पछिल्लो जानकारी अनुसार जहाजलाई उडान भर्ने अनुमति अझै दिइएको छैन । जाँच लामो भएको अधिकारीहरुले जनाएका छन् । नेवानीको रेजिस्ट्रेसन नम्बर नाइनएन–एकेएक्स एयरबस थ्री ट्वेन्टी जहाज वरिष्ठ क्याप्टेन विजय लामा र कोपाइलट दिपु जुआरचनले दिल्लीबाट काठमाडौं उडानै लाग्दा बम राखेको सूचना आएको भन्दै विमानस्थल अधिरकारीले सर्ट डाउन गर्न लगाए । सुरक्षा जाँच गरी यात्रुहरुलाई नयाँ बोर्डिङ कार्ड उपलब्ध गराइएको अधिकारीहरुले जानकारी दिएका छन् । यद्यपि, विमानमा भएको शंकास्पद वस्तुबारे विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ