arrow

स्वराज र ओलीबीच पोखरा ‘साङग्रिलामा’ विना प्रतिनीधि गोप्य भेट

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
kp-oli-&-Sushma-Swaraj-bhet.jpg.jpeg
कास्की । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच वुधबार राति भएको भेटवार्ताबारे खासै कुरा खुलेन । गोप्य भनिएको भेटवार्ता पोखराको साङग्रिला होटलमा भयो । एक्लाएक्लै वार्ता भएको वार्तामा भएको कुराकानीबारे दुवै पक्षबाट केही खुलेन । कारण भारतीय विदेशमन्त्रीले विदेश सचिव शुभ्रमण्यम जयशंकरलाई समेत भेटमा सहभागि गराइनन् । ओलीले समेत स्वकियहरुलाई भेटमा सरिक नगराएको श्रोतले जनाएको छ । त्यतिमात्र नभई नेपालका लागि भारतीय राजदूत रणजीत राय समेत भेटमा सामेल हुन पाएन् ।
 
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने विदेशमन्त्री स्वराज र प्रधानमन्त्री ओलीबीच दुई देशको आपसीहितका विषयमा कुराकानी भएको बताएका छन् । दुईजनाबीच मात्रै गोप्य कुराकानी भएकाले नेपाल र भारत दुबै तर्फका सरकारी अधिकारीहरूले प्रम ओली र स्वराजबीच भएको कुराकानीबारे विस्तृत जानकारी खुलाएका छैनन् । यसअघि, विदेशमन्त्री स्वराजले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे चाँसो राखेको जानकारी आएको थियो । एक्ला एक्लै भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 
नेपालको जारी संविधानमा केही तत्व अझै नमिलेको बताउने भारतले खुलेर स्वागत नगरेको अवस्थामा पोखरामा विदेशमन्त्री स्वराज र प्रमबीच भएको गोप्य वार्तालाई अर्थपूर्ण मानिएको हो । यसअघि, व्यक्तिगत रुपमा भने स्वराजले ओलीको भारत भ्रमणमा संविधानप्रति सकारात्मक जनाउ दिएकी थिइन् । र्साक मन्त्रिपरिषद् वैठकमा सहभागि हुन आएकी विदेशमन्त्री स्वराज गोरखपुरबाट हेलिकोप्टर चढेर पोखरा पुगेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ