arrow

बोको हरामका ६३ लडाकू चाडको सरकारी सेनाद्वारा मारिए

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
NigeriaBokoHaram_ap.jpg

चाड । आतङ्कवादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।     
     
 स्थानीय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् ।     
     
 घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा अरू दर्जनौँ घाइते भएको उल्लेख गरिएको छ ।     
     
 पछिल्लो हप्ता यो बोको हरामसँगको दोस्रो भिडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।     
     
 गत मार्चमा सोही ठाउँमा बोको हरामले थापेको विद्युतीय धरापमा परी कम्तीमा २३ जना सरकारी सैनिक मारिएका थिए ।     
     
 नवनियुक्त प्रतिरक्षा प्रमुख ताहिर इर्डाले पनि हालै मात्र सो ठाउँको भ्रमण गरेर आक्रमणकारीविरुद्ध नयाँ रणनीति अपनाउने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ