arrow

यू–१९ विश्वकप छनोटमा नेपाल र ओमान मैदानमा

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
u-19-nepal3.jpg

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालले चौथो खेलमा अहिले ओमानसंग खेलिरहेको छ । 

नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । विश्वकपमा छनोट हुने आशा जिवितै राख्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । पवन सर्राफ र रीत गौतमले आक्रामक शुरुआत गरिरहेका छन् । 

त्यसो त नेपालको छनोटको आशा बढेको छ । जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि सोमबार ८ विकेटको जित हात पारेसंगै नेपालको आशा बढेको हो । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा विजयका लागि नेपालले ९३ रनको लक्ष्य पाएकामा २२२ बल खेल्नुअघि नै २ विकेटको क्षतिमा जित हात पार्यो । 

शीर्ष स्थानको एक टिमले मात्र विश्वकपमा ठाउँ बनाउने छ । यसकारण नेपाल संघर्षरत छ । 

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो ।

अंक तालिकामा ३ खेलबाट ६ अंकसहित शिर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । 

कुवेत पनि ४ अंकसहित तेस्रो स्थानमा छ भने ओमान २ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ