arrow

रोहित पौडेलको कप्तानी प्रदर्शन, प्रतिश जिसीको आक्रामक खेल

यू–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई दियो २३० रनको लक्ष्य, दशौं विकेटका लागि ५१ रनको साझेदारी 

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
u-19-nepal4.jpg

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालले चौथो खेलमा अहिले ओमानसंग खेलिरहेको छ । 

नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहित कुमार पौडेलको कप्तानी प्रदर्शनले ओमानलाई २३० रनको लक्ष्य दिएको छ ।

नेपालले ४३.२ ओभरमा अलआउट हुँदै २२९ रन बनाएको हो । पौडेलले ८१ बलमा ७५ रन बनाए । जसमा दुई छक्का पनि सामेल थिए । 

नेपालका लागि प्रतिश जिसीले आक्रामक खेल खेलेका छन् । उनले २३ बलमा ४ छक्का र २ चौकाको मद्धतले ४१ रन बनाएका छन् । 

जिसी र सूर्य तामाङबीच १० औं विकेटका लागि ५१ रनको साझेदारीसमेत भएको छ । तामाङले नटआउट ७ रन बनाए । 

त्यस्तै भीम सार्कीले ३९ रन बनाएका थिए । विश्वकपमा छनोट हुने आशा जिवितै राख्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । 

त्यसो त नेपालको छनोटको आशा बढेको छ । जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि सोमबार ८ विकेटको जित हात पारेसंगै नेपालको आशा बढेको हो । 

क्वालालम्पुरस्थित बायुमास ओभलमा विजयका लागि नेपालले ९३ रनको लक्ष्य पाएकामा २२२ बल खेल्नुअघि नै २ विकेटको क्षतिमा जित हात पार्यो । 

शीर्ष स्थानको एक टिमले मात्र विश्वकपमा ठाउँ बनाउने छ । यसकारण नेपाल संघर्षरत छ । 

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युएईसंग डकवर्थ लेविसको आधारमा १ रनले पराजित भएको थियो ।

अंक तालिकामा ३ खेलबाट ६ अंकसहित शिर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । 

कुवेत पनि ४ अंकसहित तेस्रो स्थानमा छ भने ओमान २ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ