arrow

भाजपा अध्यक्षलाई 'सैतान' भन्ने चर्चका पादरीले मागे माफी, भाजपालाई भोट नदिन अपिल

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
amit_shah.JPG

नयाँ दिल्ली । गोवाको एक चर्चका पादरीले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको बारेमा दिएको अभिव्यक्तिबारे माफी मागेका छन् । सोमबार आफ्नो चर्चमा ईसाई धर्मालम्बीहरुसँग भाजपालाई भोट नदिन अपिल गरिरहेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोमा उनले भाजपाका अध्यक्ष अमित शाहलाई सैतान भनेका छन् भने दिबंगत मुख्यमन्त्री मनोहर पर्रिकरलाई लागेको क्यान्सर ईश्वरको आक्रोशको कारण भएको बताएका थिए । 

यो घटना गोवाको फादर आवर लेडी अफ स्नोज चर्चका पादरी फादर कॉसिकाओ डि सिल्वाले दिएका हुन् । उनको अभिव्यक्तिको भिडियो सामाजिक सञ्चालमा भाईरल भएपछि धेरैले आक्रोश र आलोचना गरेका थिए । व्यक्ति र पार्टी विशेषको सो आरोपको स्थानीयको आक्रोशपछि चर्चले माफी मागेको छ । 

यस भन्दा पहिले पनि फादर डि सिल्वाले कुनैपनि पार्टी र या प्रत्यासीको लागि प्रचार गरिसकेका थिए । यस भन्दा पहिले २०१७को विधानसभा चुनावमा उनीहरुले कांग्रेसका प्रत्याशीको पक्षमा वोट मागेर विवाद खडा गरिसकेका छन् । तर चर्चले भने आफूहरुले भोट हाल्न प्रेरित गरेको भएपनि कसैको पक्षमा भोट हाल्न भनेर आग्रह नगरेको दाबी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ