arrow

सबैभन्दा महत्वपूर्ण क्षेत्रमा योगी र मायावतीलाई प्रचारमा प्रतिबन्ध, कसलाई बढी झड्का ? 

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
yogi_mayawati1.JPG

नयाँ दिल्ली । सर्वाेच्च अदालतको आदेश विपरित चुनावी आचार संहिता विपरित हुनेगरी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाजवादी पार्टीकी प्रमुख मायावतीले दिएको बयानमाथि चुनाव आयोगले एक्सन लिएको छ । उनीहरु मध्ये आदित्यनाथलाई ७२ घण्टा र मायावतीलाई ४८ घण्टासम्मको लागि प्रचारमा रोक लगाएको हो । यो रोक हिजो रातीदेखि नै सुरुवात भएको थियो । 

चुनाव आयोगको यो आदेशले भारतीय जनता पार्टी र बहुजन समाजवादी पार्टीलाई ठूलो झड्का लागेको टिप्पणीहरु चल्ने गरेको छ । चुनावको दुई दिन अघि मात्रै यसरी मुख्यमन्त्री र एउटा पार्टीको सुप्रिमोमाथि लगाएको प्रतिबन्धले ती पार्टीहरुलाई कत्तिको असर पर्ला ? यो विषय धेरैलाई चासोको विषय बनेको छ । 

उत्तरप्रदेशमा दोस्रो चरणको निर्वाचन बिहीबार अर्थात् १८ अप्रिलमा हुँदैछ । यूपीमा कूल ९ सिटको लागि चुनाव हुँदैछ । जसले गर्दा बीजेपी र बीएसपीको धेरै प्रभावी क्षेत्र रहेको समेत बताईन्छ । 

१८ अप्रिलको चुनावलाई मध्यनजर गर्दै योगी आदित्यनाथ र मायावती प्रचारमा उत्रिन नपाउनुले यी पार्टीहरुको चुनावी अभियानमाथि ठूलै असर पार्न सक्ने आकलन गरिएको छ । योगी आदित्यानाथलाई त यूपीको अलावा  अरु पनि धेरै राज्यहरुमा बीजेपीको स्टार प्रचारकको रूपमा अलग(अलग चुनावी र्‍यालीहरुमा हिस्सा लिनु पर्ने थियो । चुनाव आयोगले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ र बीएसपी प्रमुख मायावतीका अलावा बीजेपी नेता मेनका गान्धीलाई समेत  ४८ घण्टा र समाजवादी पार्टीका नेता आजम खानलाई ७२ घण्टासम्म प्रचार गर्न नपाउने भनेको छ । हेट स्पीच मुद्दामा यस आयोगको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाही मानिएको छ । 

मायावतीको लागि झट्का
चुनाव आयोगको निर्देशको ठीक एक दिनपछि मंगलवार नै आगरामा एसपी(बीएसपी र आरएलडीको संयुक्त र्‍याली हुँदैछ । यस र्‍यालीको कारण दोस्रो चरणको सबै सीटहरुलाई समेट्ने तयारी थियो । पश्चिम यूपीको यी सीटहरुमा बीएसपीको राम्रो प्रभाव रहेको छ । त्यस्तै मायावतीको संयुक्त र्‍यालीमा उपस्थित हुन नपाउनु गठबन्धनको लागि ठूलो झड्का हो । 

योगी आदित्यनाथको लागि झटका 
चुनाव आयोगको निर्देशपछि योगीका साथ(साथ यो बीजेपीको लागि समेत झटका लागेको छ। मुरादाबाद, बिजनौर र आगरामा १८ अप्रिलमा दोस्रो चरणको चुनाव हुँदैछ । यहाँ योगी आदित्यनाथ आफ्नो र्‍यालीको माध्यमबाट ठूलो प्रभाव राख्न सक्दथे । २०१४को लोकसभा चुनावको परिणाम दोहोर्याउनको लागि पश्चिम यूपीमा ठूलो प्रदर्शन बीजेपीको लागि ठूलो जरूरी छ । अब योगी यो प्रदर्शनमा शामेल हुन नपाउने भएका छन् । योगीको यो प्रतिबन्धले कर्नाटक, केरल, महाराष्ट्र र गुजरातमा समेत विजेपीलाई झट्का लाग्ने सम्भावना देखिएको छ । यी सबै प्रान्तमा जनप्रदर्शनलाई सम्बोधन गर्नको लागि योगी जाने कार्यतालिका थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ