arrow

कप्तान रोहितको सानदार प्रदर्शनले नेपाल बिजयी

प्रतिस र सुर्यको अन्तिम विकेटका लागि ५१ रनको साझेदारी

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
Cricket-u19-nepal.jpg

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटमा नेपालले चौथो खेलमा ओमानलाई १ सय ५० रनले पराजित गर्दै सानदार जित हात पारेको छ।

टस हारेर पहिले ब्यटिङ्ग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ७५ रन बनाएका थिए । त्यसैगरि प्रतिस जिसीले ४१ र भिम सार्कीले ३९ रनको योग दान दिएका थिए।

रोहितले ८१ बलको समाना गर्दै २ छक्का र ५ चौकाको मदतले ७५ रन बनाएका थिए। त्यसैगरि भिम सार्कीले ४३ बलमा ३९ रन बनाएका थिए। उनले १ छक्का र २ चौका प्रहार गरेका थिए।

दश नंबरमा आएका ब्याट्सम्यान प्रतिसले २३ बलमा ४ छक्का र २ चेकाको मदतले ४१ रन बनाएका थिए। प्रतिसले अन्तिम विकेटका लागि सुर्य तामाङसँग ५१ रनको साझेदारी गरेका थिए। सुर्यले ७ रन बनाएका थिए।

ओमानका मुजाहिर राजा, आजम अली, जेवाई तन्ना र एसआर रविन्द्रले २-२ विकेट लिएका थिए।

ओमानलाई सस्तोमा समेट्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए भने सुर्य तामाङ र प्रतिस जिसीले २-२ विकेट लिएका थिए।

नेपालका कमल सिंह ऐरीले ३ ओभरमा तीन मेडेन गर्दै १ वेकट लिएका थिए। कुशल मल्लले १० ओभरमा १२ रन खर्चेर १ विकेट लिएका थिए।  

ओमान ४४.१ ओभरमा ७९ रनमा समेटिएको थियो। ओमानका लगि जेएस तन्ना र एएस सिराहले १३-१३ रन बनाएका थिए।

नेपालका रोहित कुमार पौडेल प्लेयर अफ म्याच घोषित भए।

  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ