arrow

च्याम्पियन्स लिग बिजेता खेलाडी सोल्ससारको बार्सिलोनासंग परिक्षा

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
Ole-Solsjkaer.jpg

काठमाडौं। बीस बर्ष अघिको च्याम्पियन्स लिग बिजेता म्यानचेस्टर युनाईटेडका खेलाडी ओले सोल्ससार त्यहि क्लबका म्यनेजर भएका छन्।

उनले ९३औं मिनेटमा गरेको गोलले युनाईटेडले ब्यर्न म्युनिख बिरुद्ध २-१ गोलले बिजयी हूँदै उपाधि जितेको थियो। बार्सिलोनाको क्याम्प नोउमा भएको सन् १९९९को फाईनलमा युनाईटेडले उपाधि जितेको थियो।

फेरि पनि बार्सिलोनाको त्यही मैदानमा म्यनेजरका रुपमा उनको टोलिको खेल रहेको छ। क्याम्प नोउमा अरु टोलीलाई हराउनु र बार्सिलोनालाई हराउनु बिल्कुल फरक कुरा हुन्। आफ्नो घरेलु मैदानमा बार्सिलोनाको रेकडहरु राम्रा रहेका छन्।

क्यम्प नाउमा बार्सिलोनाले च्याम्पियन्स लिगमा मात्र ३० खेलमा अपराजित रहेको रेकड बनाएको छ । घरेलु मैदानमा २७ खेलमा जित हात पारेको छ भने तीन खेल बराबरीमा टुङ्गिएका छन्।

युनाईटेडका खेलाडी हुँदा जितेको उपाधिका बारेमा ओले धेरै ध्यान दिन चाहाँदैनन्। उनले उक्त जिताई साधारण रुपमा लिएका छन्। उनले आफ्नो जिम्मेवारि अहिले टोलीलाई जिताउनु रहेको बताएका छन्।

च्याम्पियन्स लिग क्वार्टरफाईनलको पहिलो लेगमा बार्सिलोना बिरुद्ध ०-१ गोलेल पछि परेको युनाईटेडलाई जित आवश्यक रहेको छ। राउण्ड अफ सिक्सटिनमा पनि फ्रान्सको क्लब पिएसजी बिरुद्ध पहिलो लेगमा ०-२ गोलले पछि परेको अवस्थाबाट दोस्रो लेगमा ३-१ गोलले बिजयी भएको युनाईटेड बार्सिलोना बिरुद्ध पनि नतिजा उल्टाउन सक्नेमा बिश्वस्त रहेको छ।

क्याम्प नोउ अर्थात बार्सिलोनाको घरेलु मैदानमा जित निकाल्नु गाह्रो कार्य पक्कै हो असंभव होईन ।

ओलेले आफ्नो टोली नतिजा उल्टाउनेमा बिश्वस्त रहेको बताएका छन्। उनले बिबिसीलाई भने ‘हामिले खेल जित्नु पर्छ । त्यो ९३औं मिनेटमा भएको गोलेल किन नहोस् ? हामीले उनीहरुलाई रोक्नु पर्छ र आफुले गोल गर्नु पर्छ ।‘

युनाईटेडले जित्न सक्ने र जित्नका लागि खेल्ने बताएका ओलेलाई बार्सिलोनाका म्यानेजर अर्नेष्ट भालवर्डेले आफु पनि जित्ने योजनाका साथ केल खेल्ने बताएका छन्। बराबरीले मात्र पनि बार्सिलोना सेमीफाईनलमा पुग्न सक्छ । सन् २०१५ पछि सेमीफाईनल नपुगेको बर्सिलोनाले बराबरी नतिजाका लागि खेल्ने संभावना कम रहेको छ।  

बार्सिलोनाका मेस्सी खेल्नका लागि फिट रहेका छन्। उनी पहिलो लेगमा घाईते भएका थिए। ला-लिगाको एक खेल नखेलेका मेस्सी फिट रहेको बताईएको छ।

युनाइटेडकालागि अलेक्सी सान्चेज र नेमान्जा माटिच खेल्न तयार रहेका छन्। सान्चेजले सन् २०११-१४ बार्सिलोनाका लागि खेलेका थिए। सान्चेजको अनुभवको ओलेले उपयोग गर्ने संभावना धेरै रहेको छ।

बार्सिलोनाले युनाइटेडसँग घरमा ४ खेल खेलेकोमा एउटा पनि खेल हारेको छैन। दुई खेल जितेको बार्साले २ खेल बराबरीमा चित्त बुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ