arrow

यूनाइटेड सिमेन्ट्स आइएसओ ९००१ः२०१५ र ९००१ः २०१५ द्वारा प्रमाणित

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
1040514663_1496125526.gif

काठमाडौं। यूनाइटेड सिमेन्ट्सले इन्टरनेश्नल सर्टिफाइट सर्भिस प्रालि(आइसिएस)बाट आइएसओ ९००१ः२०१५ तथा क्वालिटी म्यानेजमेन्ट र आइएसओ १४००ः२०१५ वातावरणिय व्यवस्थापनको प्रमाणपत्र प्राप्त गरेको छ। 

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्र प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ। 

केएल दुगड समुहको उक्त उत्पादन बेजोड गुणस्तरको क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आइरहेको  सिमेन्ट्सको आफ्नै चुनढुङ्गा खानी ललितपूरको लेलेमा अवस्थित छ भने फ्याक्ट्री नौबिसेमा अवस्थित रहेको छ । यूनाइटेड सिमेन्ट्सले विश्वस्तरीय प्रविधि र प्रक्रिया अपनाई सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएकोमा विश्वस्तरीय मापदण्ड पूरा गरि गुणस्तरीय प्रक्रियामा उत्तम तालमेल रहेको उद्योगले जनाएको छ। 

क्वालिटीमा कुनै सम्झौता नगरि सिमेन्ट बिक्री वितरण गर्दै आएको यूनाइटेड सिमेन्ट्स आफ्नो गुणस्तरको कारण जनमानसमा लोकप्रिय बनेको रहेको कम्पनीको दाबी रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ