arrow

‘गरिब’ बोर्डका कार्यकारी उपाध्यक्ष पौडेलले चित्रबहादुरलाई बुझाए राजीनामा

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
chintan-paudel.jpg.jpeg
काठमाडौं । गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पौडेलले पत्रकार सम्मेलन गर्दै गरिबी मन्त्रालय र बोर्डबीच समन्वयकारी भूमिका हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै बुधबार सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीसामु राजीनामापत्र बुझाएको जानकारी दिए । 
 
उनले भने, ‘मलाई तत्कालीन सरकारले कार्यकारी अधिकार दिएर बोर्डमा सिफारिस गरेर पठाएको हो तर मेरो काम बिना कार्यकारी भयो । मैले उक्त पदमा बस्न उचित ठानिनँ । त्यसैले राजीनामा दिएको हुँ ।’ 
 
पौडेलले आफ्नो कार्यकालमा देशभरका २५ जिल्लामा गरिब घरपरिवारको पहिचान गरी नामावली प्रकाशन, पहिचान भएका घरको बारेमा गुनासो भए सोको सुनुवाई, गरिबलाई स्माट कार्ड दिने निर्णय जस्ता महत्वपूर्ण काम भएको बताए । पौडेल २०७१ कात्तिक २४ को मन्त्रिपरिषद्को निर्णयबाट बोर्डको कार्यकारी उपाध्यक्ष बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ