arrow

एकदिवसीय क्रिकेट वरीयतामा नेपालको सुधार

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
cricket-nepal1.JPG

काठमाडौं । नेपालले आईसीसीको एक दिवसीय क्रिकेटको वरीयतामा सुधार गरेको छ । नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । 

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १४ औं  स्थानमा रहेको छ । टी–२० वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

गत माघमा युएई विरुद्धको तीन खेलको एक दिवसीय श्रृंखलामा २–१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ ।

आगामी मे ३० तारिखदेखि विश्वकपको आयोजना गर्ने आयोजक राष्ट्र इंगल्याण्ड वरीयताको शीर्ष स्थानमा छ । भारत दोस्रोमा भारत र न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ