arrow

प्रीति जिन्टाको जादू चल्यो, पन्जाबद्वारा राजस्थान पराजित

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
preeti-zinta1.jpg

काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टाको जादू चल्दा उनको लगानीमा रहेको किङ्स इलाभेन पन्जाबले आईपीएल क्रिकेटमा राम्रो लय बनाउँदै गएको छ ।

खेलाडीहरुलाई मैदानमै गएर उर्जा थप्दै आएकी प्रीतिकै कारण खेलाडीहरुले मेहनतसहित खेल्दै आएका छन् । 

मंगलबार रातिको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ ।

चण्डीगढमा भएको खेलमा घरेलु टोली पन्जाबले दिएको १८३ रनको लक्ष्य पछ्याएको राजस्थानले ७ विकेटको नोक्सानीमा १६८ रन मात्र बनाउन सक्यो ।

ओपनर राहुल त्रिपाठीले ५० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै स्टुवार्ड बिनीले नटआउट रहँदै ३१ रन बनाए ।

पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको नोक्सानीमा १८२ रन बनाएको थियो । लोकेश राहुलले ५२ रन, डेभिड मिल्लरले ४० तथा क्रिस गेलले ३० रन बनाए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

अंक तालिका

जितसंगै पन्जाब अंक तालिकाको चौथो स्थानमा पुगेको छ । पन्जाबले ९ खेलबाट १० अंक जोडेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

डिफन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस ८ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ । ८ खेलबाट १० अंकको दिल्ली क्याम्पिटल्स दोस्रो तथा १० अंककै मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । 

शाहरुख खानको कोलकाता नाइट राइडर्स ८ अंकबाट पाँचौं, ६ अंकको सनराइजर्स हैदराबाद छैटौं स्थानमा छ भने बिराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर २ अंकबाट पुछारमा छ । 

बुधबारको खेल
बुधबार चेन्नाई र हैदराबाद भिड्दै छन् । खेल राति ८ः१५ बजे हैदराबादमा हुँदैछ । यो खेल जित्दा चेन्नाई प्लेअफ छनोटको बाटोमा पुग्नेछ भने हैदराबाद शीर्ष चारका लागि संघर्षरत छ । 

हारले हैदराबादको बाटो कठिन बन्दै जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ